नेभिगेशन
बिचार/ब्लग

डाक्टर सीतारामको स्वदेशी सोंच

स्वभावले झट्ट हेर्दा डा. सीताराम जोशीलाई चिन्न सहज छैन । सहज प्रस्तुति, स्पष्ट विचार अनि हाक्काहाक्की स्वभावले नयाँ मान्छे त एकपटक झस्किन सक्छ । हो उनको ठेट शब्दको बोलीचालीले पनि उनी अस्ट्रेलियाजस्तो विकसित मुलुकको विशेषज्ञ डाक्टर भनेर अड्कल काट्न मुस्किल पर्छ । देख्दा समान्य भेषभुषा अनि ठेट लोकभाषामा ठाँटिने सीताराम डासाब यसपटकको नेपाल न्युज अस्ट्रेलियाको पहिचानको पाटो बनेका छन् । कुनै अजिलाई डा.साबसँंग समय लिन तीन महिना कुर्नुपर्ने हुनसक्छ तर डाक्टर सीताराम आपूmलाई भने सहज रुपमा प्रस्तुत गर्न खोज्छन् । नेपाली समाजको कुनै पनि कार्यक्रममा जो कोहीले सीताराम डाक्टरसाबलाई केही बोलक्कड, रसिलो र हँसिलो मुद्रामा देख्दा उनको असली पहिचान भेट्न सक्दैन । कुनै जमानामा बुढानिलकण्ठबाट बोर्ड सेकेन्ड गरेका नक्साल भगवतीबहालका सीताराम जोशी डाक्टर बन्ने जोशमा बंगलादेश हानिएका थिए । बोर्ड सेकेन्ड गरेर घर फर्कदा नक्सालमा केटाहरुले लु यसले त बोर्ड सेकेन्ड ल्याएछ आज कुटाइ खान्छ भन्थे रे । न्यायाधिश पिताका पुत्र सीतारामको पारिवारिक पृष्ठभुमि निकै कडाइका साथ बितेको सम्झना गर्छन् उनी । बंगालादेशबाट एमबिबिएस गरेर वीर हस्पिटललगायत विभिन्न सरकारी अस्पतालमा विरामीको उपचारमा संलग्न सीताराम जोशीको जीवनमा अचानक कायापलट नै भयो । प्रवास पलायन न उनले कहिले सोंचेका थिए न त उनको परिवारले नै । बुढानिलकण्ठको पढाइका क्रममा तत्कालिन युवराज दीपेन्द्र वीर विक्रम शाहसँंग नजिकिंदो सम्बन्धले सीतारामको डाक्टरी जीवन रमाइलो चल्दै थियो । आपूmसँंगै पढेको युवराजलाई कहिलेकाही भेट्न पाइने उनको जीवनशैली उनलाई वाहावाही बटुलेकै थियो । राजधानी र जिल्ला अस्पतालमा थोरै तलवमा पनि अत्यावश्यक चिकित्सासेवाको पूर्ति गर्ने उनको चाहनामा कमी आएको थिएन । नक्साल भगवतीबहालको बसाइ र पिताजीको मानसम्मानले पनि जोशी परिवारलाई लाउनखान कुनै समस्या थिएन । जीवनमा देखेको र भोगेको कुरो सँधै के पाइन्थ्यो र ? नेपालमा चिकित्सा पेशाभित्रको राजनीतिले पनि सीतारामलाई अछुतो पारेन । एकपछि अर्को जिल्ला सरुवाको भोगाइबाट दिक्क भएपछि उनले अस्ट्रेलिया हानिने निर्णय गरे । प्रारम्भमा केही संघर्षबाट गुज्रनु परेको डाक्टर सीतारामको अस्ट्रेलिया बसाइले विस्तारै स्थायित्व लियो र यतिखेर एउटा विशेषज्ञ डाक्टरका रुपमा उनको चर्चा चुलिदो छ । सिड्नीबाट एक घन्टाको मोटरबाटोमा पर्ने ओलगंग सरकारी हस्पिटलमा जेरियाट्रिक स्टाफ स्पेस्लिष्टका रुपमा डाक्टर सीतारामको नाम र कामले यहाँ सबैलाई आर्कषित गरेकै छ । नागरिक स्वास्थ्य यहाँको पहिलो प्राथमिकता हो र राज्यले शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी लगानी गरेको छ, डा सीतारामले जनताप्रतिको राज्यको उत्तरदायित्वलाई यसरी प्रकट गरे । हामीकहाँ सबैभन्दा कम लगानी हुन्छ स्वास्थ्य र शिक्षामा, डा साबले तीतो पोखे । बर्षको करोडौं तलब खाने डाक्टर सीताराम वर्षेनी स्वदेश फिर्छन् अनि भन्छन्, जननी जन्मभूमिस्च स्वर्गादिपी गरियसी । उनी मुलुकको थाँंती र भाँंतीका बारेमा बोल्न खासै रुचाउँदैनन् । खोइ कसलाई, किन, कसरी, के भन्ने, शब्द नै छैन रे । कोइ पनि इमानदार नेता जन्मिएनन् मुलुक बनाउने । उनको छोटो तिक्तता हो यो । जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड भनेको त्यही हो हाम्रो स्वर्गजस्तो देशलाई नेताले बन्धक बनाएका छन्, एउटा संविधान दिन दुईवटा संविधानसभाको नाटक रचिसकिएको छ, खोइ के भन्ने, सीतारामले निराश मुद्रामा सुनाए । आफ्नो बिषेशज्ञतालाई नेपाल गएको वेला भरमग्दुर सदुपयोग गर्ने डाक्टर जोशी भन्छन्, शान्ति र संविधान भए धेरै नेपाली स्वदेश फिर्ने वातावरण बन्न सक्छ । रीति र थितिलाई बेवास्ता गर्दाको परिणाम हो अहिलेको मुलुकको दुरावस्था । एनजिओको डलरले धर्म र संस्कृतिमा समेत नराम्रो खलल पु¥याएको र त्यसका लागि राज्यले स्पष्ट नीति ल्याउन सकेको छैन । डा सीताराम सिड्नीमा एक छोरी र श्रीमती मोनालिसा अर्यालका साथ सुखमय जीवन बिताइरहेका छन् । श्रीमती मोनालिसा पनि सिड्नी विश्वविद्यायलयको प्राध्यापकका साथै दन्त चिकित्सक हुनुहुन्छ । सोही कारण पनि डाक्टर सीताराम र मोनालिसाको परिवार नेपाली परिवेशको परिश्रमी र सफल दम्पत्तिका रुपमा परिचित छन् अस्ट्रेलियामा । चिकिस्सा क्षेत्रमा होमिएको ब्यस्त परिवार भए पनि डा सीताराम नेपाली समाजको सबैखाले कार्यक्रममा उपस्थित हुने गर्छन् । देखेको कुरा स्पष्टसँंग बोल्ने हुँंदा केही लोभिपापी डाक्टर सीतारामसँंग अगाडि पर्न पनि डराउँछन् । उनी जे कुरा पनि निर्धक्कसँंग अगाडि बोलिदिने गर्छन् । कहिलेकाहीँ यसरी बोल्दा थुप्रै मानिसहरु मसँंग पराइ भएको मैले पाएको छु तर देखेको र भोगेका कुराहरु बोल्न मलाइ कसैले रोक्न सक्दैन, सीताराम यसरी आफ्नो अडान प्रस्तुत गर्छन् । जे होस् एउटा नेपालीको छोरो अस्ट्रेलियाजस्तो विकसित राष्ट्रको चिकित्सकीय क्षेत्रमा नमुना बन्दा हामी सबै नेपालीले गौरव गर्नुपर्छ । मातृभूमिप्रति अगाध माया राख्ने यी डाक्टर सीतारम बर्षेनी श्राद्ध गर्न समेत नेपाल पुग्ने गर्छन् । यही हो हाम्रो पहिचान अनि संस्कृति, यो छाड्यौं भने त हामी नेपाली नै भएनौ नि, सीतारामको सटिक तर्क छ । हामी नेपाली, हाम्रो नेपाल, सबैलाई सीतारामको जय नेपाल । प्रवासमा हाम्रो सेवा उन्नतिका लागि मुलुकमा शान्ति ल्याउनुपर्छ, हामी सबै जागी । शान्ति आए विकास आउँछ, हामीले जान्या त्यही विकास भए, फिर्छन् दक्ष प्रवासलाई छाडी ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...