नेभिगेशन
अन्य

नेपाली क्रिकेटलाई डिभिजन १ को हैसियत

काठमाडौं । नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने पक्का भएको छ । बुधबार दुबईमा बसेको आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो । नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा माथिल्लो स्तरका टोलिविरूद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिभिजन १ को हैसियतमा विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर पाएको हो । शनिबार नामिबियामा सम्पन्न डिभिजन २ मा नेपाल चौथो स्थानमा सीमित भएको थियो । ६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो । नामिबियाको प्रतियोगिताबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउँछन् । आइसिसीका विकास निर्देशकहरूले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा समावेश गर्ने आइसीसीले जनाएको छ । आईसीसीले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि छनोट गरेपछि नेपाल र केन्याले मौका पाएका हुन् । अफगानिस्तान र आयरल्याण्डले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने छैन । उक्त स्थानमा हालै नामिबियामा सम्पन्न डिभिजन टूको तेस्रो केन्या र चौथो नेपाल छनोट भएको छ । अब नेपाल र केन्याले हङकङ, नामिबिया, नेदरल्याण्ड, पपुवा न्यूगिनी, स्कटल्याण्ड र युएईसँग वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्नेछ , जुन दुई वर्षे हुनेछ । यो अवधिमा नेपालले प्रत्येक टीमसँग दुई–दुई खेल खेल्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्