नेभिगेशन
कला/शैली

हमजाएगा सिड्नीमा प्रर्दशन हुँदैं

सिड्नी । नेपाली चलचित्र हमजाएगा सिड्नीमा यही फेब्रुअरी ८ मा ईभेन्ट सिनेमा हष्र्टभील सिड्नीमा प्रदर्शन हुने भएको छ । सुरेन्द्र पुनको लेखन, निर्देशन अनि सगीत रहेको उक्त चलचित्रमा विल्सन विक्रम राई, बाबु बोगटी, ऋचा धिताल ,मनोज आरसी, पार्वती राई, लगायतको मुख्य अभिनय छ । पदमलाल श्रेष्ठको छायांकन रहेको यस चलचित्रमा योगेन्द्र श्रेष्ठको द्धन्द, अर्जुन जिसीको सम्पादन रहेको छ भने कमल राईको करियोग्राफी रहेको चलचित्रलाई टंक गुरूङ, सूर्य ल्वोन, ओम कुमारी पुन र सरस्वती लामाले संयुक्त रूपमा निर्माण गरेका हुन् । दार्जिलिङ, सिक्किमतिर जोक्सको पात्रका रुपमा प्रख्यात नेपाली मुलका दलबहादुर गुरुङ उर्फ हमजाएगाबाट प्रभावित भएर हमजाएगा चलचित्र निर्माण भएको हो । तर नाम सापटी लिएता पनि फिल्म भने उनको कथामा आधारित नरहेको चलचित्रका निर्माता सरस्वती लामाले बताइन् । उनले भनिन्– हमजाएगाका बारेमा उनका कुराहरु थाहा नपाउनेलाई यो नाम हिन्दी नाम जस्तो लाग्छ तर यो चलचित्र विशुद्ध, नेपाल्ऽी चलचित्र हो । यसले एउटा साधारण गाउँ समाजको कथा बोकेको छ । हमजाएगा एउटा स्वच्छ मनोरञ्जनात्मक पारिवारिक नेपाली चलचित्र हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्