नेभिगेशन
अस्ट्रेलिया समाचार

हेल्प नेपाल अस्ट्रेलियाले थ्याङस् गिभिङ पार्टी आयोजना गर्दै

सिड्नी । हेल्प नेपाल नेटवर्क अस्ट्रेलिया च्याप्टरले गत वर्ष जुन महिनामा आयोजना गरेको च्यारिटी कार्यक्रममा सहयोग गर्ने महानुभावहरु तथा शुभचिन्तकहरुलाई लक्षित गरी यहि जनवरी १७ तारिक शनिवारका दिन हम्बुस स्थित बाइसेन्टिनेन्टल पार्कमा थ्याङस् गिभिङ पार्टीको आयोजना गर्ने भएको छ । हेल्प नेपाल नेटवर्क अस्ट्रेलिया च्याप्टरका अर्थ संकलन संयोजक डिला खरेलका अनुसार विहान ११ बजेदेखि बारबिक्यू कार्यक्रम गरिनेछ । साथै हेल्प नेपालको सामाजिक कार्यमा साथ दिई तन मन र धनले सहयोग महानुभावहरुलाई हेल्प नेपालको तर्फबाट धन्यवाद ज्ञापन पनि गरिने छ । हेल्प नेपालले नेटवर्कले नेपालमा स्वास्थ्य, शिक्षा क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाले दुर्गम जिल्लामा स्वास्थ्य चौकी निर्माण, विद्यालय निर्माण लगायत आपत विपतमा परेका लक्षित वर्गलाई समेत प्रत्यक्ष सहयोग गर्दै आएको छ । सो संस्थाको ई– लाइब्रेरी कार्यक्रमले दुर्गम जिल्लाका विद्यार्थीहरु बढी लाभान्वित भएका छन् । अस्ट्रेलियाका विभिन्न स्टेटमा आयोजना गरिएको अर्थ संकलन कार्यक्रमबाट करिब एक करोड ३० लाख रुपैयाँ संकलन भएको थियो । सो कार्यक्रममा अस्टे«लियाबासी नेपालीहरुलाई उपस्थित जनाइदिनुहुन पनि खरेलले सबैलाई अनुरोध गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।