नेभिगेशन
अन्य

निन्फाको अध्यक्षमा तुम्बाहाम्फे

नेपाल आदिवासी जनजाति मञ्च अस्ट्रेलियाको गत डिसेम्बर २१ तरिखका दिन आदिवासी जनजातिहरूको मुद्दा जनजातिहरूको मात्र नभै सम्पूर्ण मानव समुदायको सरोकारको विषय रहेकाले यसलाई सामुहिक मुद्दाको रुपमा अघि बढाउन विभिन्न ब्यक्तिहरूले आग्रह गरेका छन् । (निन्फा) अस्ट्रेलियाको आठौं अधिवेशन घोषणाका क्रममा सिड्नीको ईशाबुरिस्थित सिनियर सिटिजन हलमा आयोजित कार्यक्रमका वक्ताहरूले सो धारणा राखेका हुन् । सो अवसरमा वक्ताहरूले जनजातिहरूको मुद्दा सबै जातजातिको समस्या रहेको र यसलाई कुनै एक वर्ग र समूहको समस्याभन्दा पनि साझा सवाल हो भनेर अघि बढ्नु पर्ने बताइयो । चित्र तुम्बाहाम्फेको अध्यक्ष्यतामा गठित निन्फाको नयाँ कार्य समितिलाई स्वागत गरिनुका साथै सो अवसरमा वक्ताहरूले आ–आफ्नो तर्फबाट शुभकामना दिएका थिए । निन्फाका निवर्तमान अध्यक्ष्य गणेश तमाङ्गको सभापतित्वमा सम्पन्न सो अवसरमा निन्फाका अध्यक्ष्य तुम्बाहाम्फे, उपाध्यक्ष्य अरुण तमाङ, गैरआवसीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाका अध्यक्ष्य महेन्द्र ओली, समुदायका प्रतिनिधिहरू भवानी ओली, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) विश्व परिषदका उपाध्यक्ष्य तथा पत्रकार भिमसेन सापकोटा, नेप्लिज अशोशिएशन अफ अस्ट्रेलिया (एनएए) का अध्यक्ष्य उमेश पन्त, तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नयाँं संविधानमा जनजातिहरूको हकअधिकार सुरक्षित हुनुपर्ने र यसमा सबै वर्ग र पक्षको सहयोग अपरिहार्य हुने बताए । लील गुरुङले संचालन गरेको सो कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्य समितिलाई स्वागत तथा कार्यभार हस्तान्तरण गरेको थियो । विगत सात वर्षभन्दा बढीदेखि संचालनमा रहेको सो संस्थाले आदिवासी हकहितका सवालमा विभिन्न क्रियाकलाप अगाडि सार्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्