नेभिगेशन
अन्य

शब्दमालाको अभिभावक भेला सम्पन्न

सिड्नीमा सञ्चालन भइरहेको नेपाली भाषा पाठशाला शब्दमालाले अभिभावक र विद्यार्थीहरुको भेटघाट तथा वार्षिक साधारणसभा आयोजना गरेको छ । पाठशालाका उपाध्यक्ष नारायण कटुवालका अनुसार यही डिसेम्बर २० तारिख शनिबारका दिन एसफिल्डमा रहेको पोलिस क्लबमा शब्दमाला भाषा पाठशालाले अभिभावक र विद्यार्थीहरुको भेटघाट तथा वार्षिक साधारणसभा गरेको हो । उक्त कार्यक्रममा पाठशालाका पाँचवटै शाखाका विद्यार्थी तथा अभिभावकहरु सहभागी हुनुको साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्