नेभिगेशन
अन्य

३० करोड लगानीमा रुपाकोट रिसोर्ट

गैरआवासीय नेपालीको लगानीमा कास्कीको रुपाकोटमा सुविधा सम्पन्न रिसोर्ट खुलेको छ । एनआरएन अध्यक्ष घले तथा बेल्जियमका टिलविङ नगरका मेयर रुडी बेइकनले सो रिसोर्टको संयुक्त रुपमा उद्घाटन गरेका थिए । सो रिसोर्टको उद्घाटन गर्दै घलेले नेपालको आर्थिक बृद्धिका लागि पर्यटन लगायतका दीर्घकालिन क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान पनि गरे । बेल्जियममा २० वर्षदेखि व्यवसाय गरिरहेका पुष्प अधिकारीको ३० करोड नेपाली रुपैयाँ लगानीमा खुलेको रुपाकोट रिसोर्ट विदेशी पर्यटकलाई लोभ्याउने छ । रुपाकोट रिसोर्टका अध्यक्ष पुष्प अधिकारले आफुले १५ बर्षदेखि देखेको सपना पुरा भएको बताए । उनले निर्माणका क्रममा धेरै कठिनाई भोगेपनि स्थानीयबासीसँगको सहकार्यमा आफुले समयमै रिसोर्ट संचालन गर्न पाएकोमा स्थानीयवासीलाई धन्यवाद समेत दिए । बेल्जियमको टिल विङ नगरका मेयर बेइकनले युरोपेली पर्यटकहरु हिमाल हेर्न नेपाल आउने बताउँदै रुपाकोट रिसोर्टले युरोपेली पर्यटकलाई आर्कर्षित गर्ने बताए । उनले भने – ‘पुष्पलाई बेल्जियममा नपुग्दो केही थिएन तर, उनी जोखिम मोलेर आफ्नै गाउँमा रिसोर्ट खोल्न फर्किए, उनको यस कदमले नेपालमा आर्थिक सम्बृद्धिका लागि बाटो खोल्न थप मद्धत गर्नेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्