नेभिगेशन
अन्य

नारी निकुञ्ज र लायन्सबीच सम्झौता

एनआरएन (वुमन फोरम) नारी निकुन्ज अष्ट्रेलिया र द लायन्स क्लब अफ काठमान्डु कन्चन्जङ्घाबीच पाठेघर झर्ने समस्याबाट पीडित महिलाको उपचारका लागि एउटा सम्झौता पत्रमा हस्तक्षर सम्पन्न भएको छ । सिड्नीमा हालै भएको सम्झौताअनुसार विरामीहरुको अपरेशनका लागि नारी निकुञ्ज अष्ट्रेलियाले लायन्स क्लबलाई ३ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निकुञ्जले जनाएको छ । निकुञ्जकी परियोजना संयोजक प्रतिज्ञा अधिकारीका अनुसार गोर्खा जिल्लाका विभिन्न गाविसहरुमा पाठेघरको समस्या व्यहोरिरहेका विरामीको काठ्माडौंस्थित सुष्मा कोइराला मेमोरियल हस्पिटलमा अपरेशन गरिनेछ । यसबाट पाठेघर समस्या व्यहोरिरहेका १५ जना विरामी लाभान्वित हुने निकुञ्जले जनाएको छ । सर्जरी माघ महिनाभित्र सम्पन्न भइसक्ने छ । संस्थाकी सहसंयोजक प्रीति शर्माका अनुसार अरु जिल्लामा पनि प्रोजेक्टको सम्भावना अध्ययन भइरहेको छ र छिट्टै थप अरु प्रोजेक्टलाई पनि अगाडि ल्याइनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्