नेभिगेशन
अन्य

ग्लोरी नेपालको स्थापना

अस्ट्रेलियामा वसोवास गर्दै आएका नेपाली समुदायका केही युवाहरुले ग्लोरी नेपाल इन्टरनेसनलको स्थापना गरेका छन् । अस्ट्रेलियाको बजारमा पुस्तकप्रेमीहरुका लागि सहजै रुपमा नेपाली पुस्तकहरु उपलब्ध गराउने, युवाहरुलाई अध्ययनतर्फ अभिप्रेरणा जगाउने उद्देश्यले सो संस्था स्थापना गरिएको संस्थाका चिन्तन ढुङ्गेलले नेपाल न्युज अस्ट्रेलियालाई बताए । हाल सो संस्थाले नेपालको प्रसिद्ध प्रकाशत फाइनप्रिन्टसँग सहकार्य गरी नेपाली इतिहास, साहित्य, दर्शन लगायतका किताबहरु नेपालबाट ल्याएर अस्ट्रेलियामा विक्री वितरण गर्ने जनाएको छ । संस्थाले हालै विजयकुमारको “खुसी” र हरिवंश आचार्यको “चिना हराएको मान्छे” बजारमा ल्याइसकेको छ । आगामी दिनहरुमा नेपालका कलात्मक सामग्रीहरु तथा चर्चित प्रकाशनहरु अस्ट्रेलियाको बजारमा भिञ्याउने लक्ष्य लिएको समेत जानकारी दिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्