नेभिगेशन
अर्थ

अबर्नमा तमन्ना रेस्टुरेण्ट

नेपाली तथा विदेशलाई नेपाली खानाका परिकारको स्वाद पस्कने उद्देश्यका साथ व्यवसायीद्वय सुमन आचार्य र दिपकराज लम्सालले सिड्नीको अवर्नमा तमन्ना नेपाली इण्डियन रेष्टुरेण्ट संचालनमा ल्याएका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायमा लामो अनुभव र दख्खल राख्ने व्यवसायीहरुले सिड्नीको न्यूटाउनमा विगत लामो समय अघि देखि नै तमन्ना नामको रेष्टुरेण्ट संचालन गर्दै आएका थिए । न्यूटाउनको अलावा नेपालीहरुको बाक्लो वस्ती रहेको ग्रानभिल, अवर्नलाई लक्षित गरेर तमन्नाको शाखाको रुपमा अवर्नमा रेष्टुरेण्ट संचालनमा ल्याइएको हो । रेष्टुरेण्टका सेफ नारायण दाहाल रेष्टुरेण्टको भान्सामा नेपाली करी मात्रै ५–७ र ३५–४० प्रकारका इण्डियन करी पाक्ने गरेको बताउँछन् । उनी भन्छन् – विशेष गरी नेपाली ग्राहकहरुले मम, चाउमिन र छोयला धेरै मन पराएका छन् । त्यसैगरी इण्डियन तथा अजी ग्राहकले पनि भान्सामा पाक्ने हरेक परिकारहरु मन पराउने गरेको अनुभव उनको छ । रेष्टुरेण्टको विशेषताको बारेमा व्यवसायीद्वय भन्छन्– हामीले खानाको गुणस्तामा कुनै किसिमको सम्झौता गरेका छैनौं र गर्दैनौं पनि । खास गरी विदेशी ग्राहकले थकाली सेट खाना मन पराउने गरेको उनीहरु बताउँछन् । करिब ७५–८० जनासम्म ग्राहकलाई एकैसाथ सेवा पु¥याउने क्षमता रहेको उक्त रेष्टुरेण्ट ६७ रसन स्ट्रिटमा अवर्न ट्रेन स्टेशनसँगै छ । पापरी चाट, पानीपुरी, समोसा चाट लगायत नेपाली तथा इण्डियन खानाका परिकार पाइने तमन्नाले क्याटरिङको पनि व्यवस्था गरेको छ । त्यसैगरी निकट भविष्यमै होम डिलिभरीको व्यवस्थना गर्ने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्