-दक्षराज शर्मा
फागुन महिनाको पहिलो हप्ता नै हो यो । वेलावेला धुम्म भएर कहिले त अप्रत्याशित रूपमैं पानी विर्विराउने यहाँको मौसमी प्रकृति रहने गरे पनि आजको आकाश छ्याङ्ग उघ्रिएको नै छ । सिड्नीको मुख्य ठाउँ सिटी सेन्ट्रल घुम्ने हाम्रो योजना कार्यान्वयन हुँदैछ । कान्छा छोरा डेलेन्द्रले हामीलाई डो¥याए । रेणु गेहेन्द्र र म पछि लाग्यौं । यस्तै पन्ध्र मिनेट जतिको पैदल यात्रापछि ग्रानभिल स्टेसन पुगेर छोराले अप्डाउन टिकट एकैचोटि बनाए । हामी लोकल ट्रेनको डव्बाभित्र छि¥यौं । आठओटा डब्बा घिस्याउँंदै दौडने दुईतले यो ट्रेनको माथिल्लै तलामा उक्लेर हामी आरामदायी सिटमा बस्यौं । म झ््यालतिर गजक्क परें ।
ट्रेन विद्युतीय इन्जिनको वलमा दौडियो । बीचबीचका कतिपय स्टेसनमा थोरै समय रोकिएर पनि आधा घन्टाभित्रै सिटीको एउटा अन्डरग्राउन्ड प्लेटफार्ममा पुगी हामी उत्रियौं । अनि विद्युतीय सिंढीका माध्यमवाट तीन तलामाथि उक्लिएपछि वल्ल सिटीक्षेत्रको चहलपहलमा प्रवेश पाइयो । चिल्ला कालोपत्रे सडकमा निरन्तर दौडिरहेका यानवाहनमा ठूलो संख्या भने कारकै देखियो । धेरै नै फराकिला सडक अनि झन्नै त्यति नै जस्ता फराकिला पैदलपेटीमा हिंड्दै गर्दा मन भित्रभित्रै सोंच्तै छु– ओहो यो कति धेरै मान्छेको ओहोरोहोर १ म यसकारणले पनि बढी छक्क पर्न गएँ । उता ग्रानभिल क्षेत्र र अरू अन्यत्रका सडकमा पनि पैदल हिंड्ने मान्छेको नित्तान्त अभाव थियो यद्यपि आवास क्षेत्रका स्ट्रीट, केही लामो दूरीका रोडमा पनि अत्यन्त व्यवस्थित पैदलपेटी नभएका होइनन् । सडकहरूलाई स्ट्रीट, रोड, मोटरवे, ग्रेट हाइवे आदिमा वर्गिकरण गरेको पाइयो । मोटरवेमा भने पैदलपेटी हुँदा रहेनछन् । ती सडकमा भने पैदल यात्रा गर्न नपाइने, गरेमा दण्ड जरिवानाको भागी बन्नुपर्ने कानूनी मान्यता रहेछ ।
अँ । त म भन्दै थिएँ– उतातिर सडकपेटीमा एक्कादुक्का व्यक्ति मात्र त्यो पनि कहिलेकाहिँ देखिने नत्र आफू मात्र एक्लै अजीव जन्तुको रूपमा घुम्ने गर्थें र ठान्थें । यो ठाउँमात्र होइन, देशैभरिका मान्छे जति सबै निजी वा सार्वजनिक गाडीभित्र या त घर, भवन, पसल, अफिसभित्र मात्र हुँदा रहेछन् । बल्ल यतिखेर यसको अर्थ खुलेजस्तो सतही आभास भयो । यहाँ यो सिटीका सडकपेटीमा दोहोरिएका मान्छेको भीड देखेपछि । झट्टसित अर्थ पनि लगाइहालें । ए । सारा मान्छे जति यहाँ खनिएका हुँदा रहेछन् तब पो अन्यत्र दुर्लभ हुन पुगेका रहेछन् । वास्तवमा मेरो यो लठपुंगे भनौं कि एकलकाटे सोंचाइ मात्र थियो । यथार्थमा त विशेष सार्वजनिक स्थल, सपिंग सेन्टर, रेल्वे स्टेसनतिर त मान्छेको भीड हुने नै भयो नि । कति भनें अहिले यहाँको पैदलपेटीमा काठ्मान्डुका विशेष ठाउँमा जस्तो ठोक्किंदै र घचेटिंदै वा छड्के परेर जीउ मर्काउंदै छिर्नु पर्ने अवस्था भनें होइन, छैन । डुल्दै गर्दा छिनछिनमैं भेटिने चौरस्तामा सडक पार गर्नुपर्दा, सडकबत्तीको इसारामा ओहोर दोहोर गर्नुपर्दा भने केही घन्चमन्च वेहोर्नु प¥यो । कतिपय ठाउँमा भने मुनितिरको व्यस्त सडकमाथि आकासे पुलका तीन तह तलासम्म पनि देखिए ।
आजको हाम्रो खास उद्देश्य र लक्ष भनेको सिड्नी टावरको आरोहण हो । निकै टाढाबाट पनि ठिंग्रिंग उभिएको त्यति अग्लो टावरको टुप्पोमा पुग्दा के होला कस्तो होला भन्ने लागिरहेछ । छोराहरूले कताकता घुमाउँदै र छिराउँदै एउटा ठूलो भवनको कति तलामाथि केही फराकिलै जस्तो भए पनि कताकताको कुनो जस्तो ठाउँमा पु¥याए । यो एउटा छायाँचित्र देखाउने ठाउँ रहेछ । यो कुरा पनि मलाई पछि मात्र थाहा भयो । त्यहाँ बस्ने सिटको कुनै व्यवस्था थिएन । मानिसहरू तीन लहरमा उभिएर उता पारिपट्टिको सेतो भित्तो नियाल्दै थिए । आफू पनि त्यही लहरमा उभिएर पल्याकपुलुक गर्दागर्दै एकाएक वत्ती झ्याप्प गयो । कुन्ताको कुनो कोप्चो ठाउँ निस्पट्ट कालो अन्धकार छायो । झट्टसित नेपालको लोडसेडिंग सम्झिन पुगें । भातको पहिलो गाँस मुखतिर पुगेकै वेला पनि त झ्याप्प ग¥यो । आफ्नो गाउँ आफ्नो ठाउँ आफ्नो घर, फुत्त उठेर छामछुम गर्दै भए पनि वत्ती सल्काइन्थ्यो नि १ छिः मनमा अनेक आशंका, डर, त्रास पैदा भयो । म त आत्तिएर अघि नै कतिखेर आफ्ना मान्छे छोराभन्दा पनि पहिले श्रीमती रेणुलाई छाम्न पुगेछु । कताकता हंसले ठाउँ छोडेजस्तो हुँदाहुंदै एकैछिन पछि फेरि वत्ती पिलिक्क ग¥यो ।
बुझ्दै जांँदा त वत्ती आफैं अचानक निभेको होइन रहेछ, निभाइएको पो रहेछ । म त अगुल्टाले हानेको जीवात्मा विजुली चम्किंदा तर्सिन्छ भने जस्तो भ्रम पालेर व्यर्थै तर्सेको रहेछु । त्यहाँ त त्यो निकै परको भित्तोतिर देखिने सेतो पर्दामा सिड्नी सिटीको परिचयमूलक छोटो वृत्तचित्र देखाउन लागिएको रहेछ । फेरि एकाएक के कसरी हो आफू उभिएको सतह भूकम्प गए जस्तो गरी थरथर गर्दै थर्कियो । उता देखिंदै गरेको समुद्रको उत्ताउलो छाल उफ्रेर छरर गर्दै टाउकैमाथि खनियो । निथ्रुक्कै भिजिएजस्तो लाग्यो । त्यहाँ त्यो समुद्रमाथि उड्दै गरेको चराले टाउकैमा आएर ठुंगेजस्तो भान भयो । फेरि एकपल्ट मेरो सातो गयो । पछि थाहा पाएं । सवै भ्रममात्र रहेछ । त्यो सतही कम्पन र । माथितिरवाट वर्सेको सीकरजलकण । सबै आधुनिक प्रविधिको विशेषता रहेछ भन्ने वुझियो । अघि त्यहाँभित्र प्रवेश गर्दा एउटा कालो चस्मा पनि लगाउन दिएको थियो, सायद त्यसैको विशेषता पनि होला भन्ने लाग्यो । एकाएक वत्ती पिलिक्क गर्दा पर्दाका सवै दृश्य गायव, सारा चहलपहल सामसुम, सुनसान हुन पुग्यो । मानिसहरू सबै फर्किन थाले ।
अब हामी सिटीका व्यस्त सडकमा लम्किन लाग्यौं ।
निकै हतारोपतारो भएजस्तो लाग्ने व्यस्त जीवनका मानवसमुदायका माझबाट छिर्दैवर्दै एउटा निकै फराकिलो चौरस्तामा उभिन पुगियो । त्यो निकै फराकिलो चौरस्ताका मध्यभागमा वेशभूषाबाट स्पष्टै चिनिने एउटी महिलाको भव्य शालिक देखियो । शालिकको नजीकै फेदतिर दुईचारजना अन्य व्यक्ति पनि उभिएको देखेर मलाई पनि नजीकै जान, बुझ्न मन लाग्यो । छोराहरूले पनि मेरो आशयमा साथ दिए । त्यो वेलायती महारानी भिक्टोरियाको प्रतिमूर्ति शालिक रहेछ । उसबेलाको वेलायती राजनीतिको कुनै कारणवाट सन् १९८० तिर इंगलैन्डबाट उछिट्टिएर आयर्लैन्डको कुनै एउटा कुनातिर थन्किन पुगेको यो शालिक यहाँ सिड्नी सिटी काउन्सिलको आग्रह वा निर्णयमा सन् १९८७ तिर यो ठाउँमा ल्याएर राखिएको रहेछ । शालिकमुनिको उल्लेख र अन्य तथ्यपरक स्रोतबाट समेत यो कुरा बुझ्न भ्याइयो । यसमा छोराहरूको स्वस्थ सहयोग पनि मैले पाएको हो । घुम्दाघुम्दै दिन ढल्न लागेछ अनि हामी फिर्तिको क्रममा लाग्यौं ।
आज अहिले यतिखेर सिड्नी सिटीको अवलोकन भ्रमणलाई लिपिवद्ध गर्न लाग्दा त्यो सिड्नी टावर मेरो दृष्टिपथमा उभिन आइपुगेको छ । यो टावरलाई कसैले ‘सेन्टर पोइन्ट टावर’ अनि कसैले चाहिं ‘सिड्नी टावर आइ’ पनि भन्दा रहेछन् । यसको उचाइ जम्मा २६८ मिटर रहेछ । टावरको नजिकै तलतिरबाट वा केही टाढाकै देखिने ठाउँबाट पनि हेर्दा एउटा सामान्य खम्बाको माथितिर पुगेर फुकेको केही थोरै गोलाइमा देखिने यसको निर्माण कार्य सन् १९७० मा सुरु गरेर दसकौंपछि सम्पन्न गरी सन् १९८१ देखि सर्वसाधारणको लागि खुला गरिएको थाहा लाग्यो । अस्ट्रेलियाका आर्किटेक इन्जिनियर डोलाल्ड क्रोनले डिजाइन गरेको यो टावर निर्माणमा त्यतिखेरको अमेरिकन डलर ३६ मिलियन लागेको कुरा त्यहाँको भित्ते अंकन र अन्य आघिकारिक स्रोतबाट स्पष्ट वुझ्न पाइयो । तथ्यपरक सूत्र अगाडि भन्छ यो टावर झट्ट हेर्दा केही अग्लो सामान्य खम्बा गाडिए जस्तो मात्रै देखिए पनि यसको टुप्पो टेक्न पुगिने तीनवटा द्रुतगामी लिफ्ट संचालनमा रहेछन् । माथि पुगेर फुकेको गोलाकार ठाउँमा एकै पटक ९६० जनालाई समाहित गरेर सिंगो सिड्नी देखाउन सक्ने क्षमता रहेको थाहा पाउँदा त झन् आश्चर्यको सीमै रहेन । टावरमाथिको दृश्यावलोकन स्थलमा खाद्य पेय सबै कुरा पाइने रेस्टुरेन्ट पनि रहे भएको र खानपिनमा व्यस्त थुप्रै मानिस पनि देख्न भ्याएको हो ।
यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...आइतबार, भदौ १६, २०८१