नेभिगेशन
बिचार/ब्लग

सपना: अस्ट्रेलिया

-चोलेश्वर तिवारी अस्ट्रेलिया विश्व मानचित्रमा छुट्टै पहिचान भएको एउटा समृद्ध राष्ट्र हो भन्दा अत्युक्ति सायदै होला । विश्वका विभिन्न कालखण्डहरुमा भिन्न पहिचान राख्न सफल राष्ट्र वा महादेश हो अष्टे«लिया । विश्वलाई नै हलचल मच्चाएका महायुद्धहरुमा समेत आपूmलाई पृथक राखेर अस्ट्रेलियाले विश्वसामु शान्तिभूमिको पहिचान बनाउन सफल भएको कुरा सर्वविदितै छ । पृथ्वीका अन्य क्षेत्रहरुभन्दा भिन्न र फरक परिस्थिति रहेको भूगोल, हावापानी, मौसमको फरकपन आदिले यसलाई अझ पृथक बनाएको छ । उदाहरणका लागि विश्वले २२ डिसेम्बरलाई सबैभन्दा छोटो दिनको रुपमा मनाए पनि अस्ट्रेलियाले यस दिनलाई लामो दिननै मान्नुपर्दछ कारण विश्व मानचित्रमा अष्ट्रेलिया छुट्टै पाटोमा पर्दछ । अस्ट्रेलिया पछिल्लो दुई दशकमा शैक्षिक क्षेत्रको लागि प्रख्यात तथा प्रिय स्थान बन्न सफल भएको छ । आर्थिक मन्दी होस् वा युद्ध होस् त्यसले खासै उल्लेखनीय कुनै प्रभाव नपरेको देश भएका कारणले पनि होला विद्यार्थी होस् या कामदार सबैको पहिलो रोजाइ हुन पुगेको छ अस्ट्रेलिया । पछिल्लाो समयमा यस राष्ट्रले गरेको आर्थिक उन्नति, शैक्षिक उन्नति, शान्तिप्रिय राष्ट्रको छवि, श्रमको उचित मुल्याङ्कन आदि कारणहरुले गर्दा विश्वभरका मानिसहरुको आकर्षक राष्ट्र बन्न पुगेको छ । माथि उल्लेखित सबै हरफहरु सोह«ै आना सही भए तापनि “समुन्द्र नतरी समुन्द्रको गहिराइ थाहा हुँदैन” भनेजस्तै अस्ट्रेलिया नआइ यहाँको वास्तविकता थाहा हुँदैन । सात समुन्द्रपारि रहेका यहाँ केही गरांै या बनांै भन्ने अभिप्राय बोकेर आएका नेपालीहरुका आफन्तहरु प्रायले अस्ट्रेलियामा डलररुपी रुख छ र त्यही रुखबाट खुरुखुरु डलर टिप्न मिल्छ भनेझंै गरेको सुन्दा र देख्दा आफैमा हाँसो लाग्छ र फेरि चित्त पनि दुख्छ । ठूलाठूला गगनचुम्वी भवनहरुका अगाडि चिटिक्क परेको कपडा लगाएको फोटो खिचेर सामाजिक संजालहरुमा आप्mना आफन्तहरुले राखेको देखेर मात्र समृद्धिको कल्पना गर्ने हाम्रो मानसिकताले धेरैलाई जानी नजानी यहा धकेलिदिएको छ भन्दा यो लेखमा प्रश्न नउठ्ला । यसका अलावा हाम्रो राष्ट्र नेपालको मुद्राको अस्ट्रेलियन डलरसँगको फराकिलो अन्तरले पनि थुप्रै विद्यार्थी तथा कामदारहरुलाई यहाँ आउन लालायित पारेको छ । बाहिर जेजस्तो भनिए तापनि वास्तविकता निकै नै फरक हुने तथ्य यहाँ आइसकेकाले मात्र थाहा पाउँदछन् । कोही पनि व्यक्ति जब यहाँ बाँच्नको लागि कामको खोजीमा निस्कन्छ तब बल्ल उसले थहा पाउँछ कि आफ्नो राष्ट्रमा पढेर प्राप्त भएको शैक्षिक उपलब्धी, सीप, आदिको त कुनै मूल्याङ्कन नै नहुने रहेछ भनेर । जबसम्म यहाँको डिग्री, सीप, तालिम आदि लिइँदैन सामान्यभन्दा सामान्य काम पाउन पनि यहाँ मुस्किल पर्दछ । अस्टे«लिया जाउँला टन्न मिहिनेत गरउँला, पैसा कमाउँला भन्ने सपना र मानसिकता यहाँको रोजगारी खोज्ने र गर्ने सिलसिलामा धेरैपटक टुट्छ अनि फेरि जोडिन्छ यदि हिम्मत र आत्मविश्वासका साथ अघि बढ्न सक्ने मानिस छ भने मात्र । मेरो आफ्नै अनुभवको कुरा गर्दा पनि नेपालमा रहँदा अस्ट्रेलियाप्रतिको जुन सोचाइ जुन मुल्यांकन थियो त्योभन्दा नित्तान्त भिन्न र फरक यहाँको परिस्थिति मैले पाएँ । यहाँ आएर सरल तरहले उच्चपदस्थ कार्य गर्न पाइएला भन्ने सोंच छिन भरमै छताछुल्ल भएको मेरो आफ्नै अनुभवले पनि अबका दिनहरुमा केही नबुझी अस्ट्रेलिया आउने भाइबहिनीहरुलाई सोचेर सम्झेर मात्र यहाँको लागि आफ्नो कदम अघि बढाउन अनुरोध गर्दछु । कुनै पनि विद्यार्थीका लागि आफैले कमाएर लाखांै रकम बराबरको शैक्षिक शूल्क तिर्नु, संसारकै महङ्गो शहरको दैनिकी खर्च धान्नु साच्चैनै कठिन कार्य हो । तसर्थ कुनै पनि कार्य पूर्वको सही र उचित खोज तथा अनुसन्धानपश्चात् मात्र अघि बढ्ने हो भने यहाँ आएर सायदै कसैले विधिको शासन र कानुनको उच्च पालना, बच्चादेखि नै अनुशासनको सही सिकाइ र पालना भएको यस राष्ट्रमा सबै नागरिकमा आत्मनिर्भरता वा दृढता छ । नेपालमा रहँदा अस्ट्रेलिया आएपछि सबै आफै मिल्छ भन्ने मानसिकता प्राय सबैमा भेटिन्छ तर यहाँ आएपछि बिल्कुल भिन्न परिस्थितिको सामना गर्नुपर्दछ । सबै कुराहरु नयाँ, सबै विषय नयाँ लाग्नु कुनै नौलो विषय आफैमा हैन तर त्यसका लागि सम्पूर्ण रुपमा तयार हुनु उचित तथा नौलो पक्कै हो । यहाँ आएपछि म आफैले आफैलाई अहिले ५ वर्षको बालक हँु भन्ने महसुस गरेको छु किनकि यहाँका धेरै कुराहरु मैले सिक्न बाँकी नै छ र सिक्दै पनि छु । भाषा, संस्कृति, रहनसहन, चालचलन, विधि विधान, बोलचालको सभ्यता सम्पूर्ण कुराहरु सिक्ने म एउटा स्कूले विद्यार्थी हुन पुगेको छु । तसर्थ सम्पूर्ण कुरा सिकेर, सीप सिकेर यहाँ स्थापित हुन कति समय लाग्ला तपाई आफै अनुमान लगाउन सक्नुहुन्छ । नेपालबाट आउँदा यहाँ भएका नेपाली आफन्तजन साथीभाइहरुबाट सहयोग हुन्छ भन्ने जुन अपेक्षा प्राय सबैले राखेका हुन्छन् त्यो अपेक्षा पुनः यहाँ आएपछि सिसाझै चर्कन्छ । यहाँ सबै आ आफ््नो काममा ब्यस्त हुने हुनाले पनि यसो भएको हुन सक्दछ र यो जायज पनि हो । तर कोही कोही नेपालीहरु जो यहाँ केही रुपले स्थापित भएका छन्, उनीहरुले नै नयाँ आउने नेपालीहरुलाई ठगेको र ठग्न खोजेको उदाहरण पनि मैले भेटें, अझै नवआगन्तुकहरुलाई कमाइगर्ने वस्तु बनाउने प्रबृत्ति पाएँ जसले मलाई निकै नै दुखित बनाएको थियो । सबैभन्दा ठूलो काम, समय र पैसा रहेछ भन्ने कुरा पनि मैले यही आएर सिक्न पाएँ । जिउनको लागि संघर्ष गर्नुपर्ने बाध्यता रहेको यस राष्ट्रमा अरुलाई चाहेर पनि सहयोग गर्न नसक्ने अवस्था रहन्छ त्यो मैले राम्रोसँग बुझेको छु तर आफ्नै जननी राष्ट्रका सन्तानलाई ठग्न खोज्नु कँहाको नेपालीपन हो ? सबै अस्ट्रेलियानिवासी नेपाली साथीभाइहरुलाई मेरो यही प्रश्न छ । बस्नको लागि कोठा दिएको भन्दै चर्को भाडा असुल्ने, काममा लगाइदिएको भन्दै रकम लिने, काम पाईन्छ भन्दै विभिन्न तालिम दिलाएर रकम असुल्ने, कार भएपछि काम पाउन सजिलो हुुन्छ भन्दै थोत्रा र विग्रेका कारहरु चर्को रकममा नवआगन्तुकहरुलाई भिडाउने जस्ता ठगीका धन्दाहरु पनि यहाँ हुनेरहेछ । यी समस्याहरुका बाबजुद पनि यहाँ धेरै सहयोगी हातहरु पनि छन् जसले यो लेख पढने पाठकहरुलाई थोरै भए पनि खुशी दिन्छ । यहाँ आफ्ना देशवासीहरुलाई सहयोग गर्न आतुर हुनेहरुको पनि एक समूह क्रियाशिल रहेको छ । के कसरी हुन्छ आफ्ना मातृभूमिका नवआगन्तुकहरुलाई सहयोग गरेर मन प्रशन्न पार्नेहरुको पनि कमी त छैन तर त्यो समूहसम्म पुग्नलाई विचौलियाहरुले नै विभिन्न वाहानामा रोकथुन गर्ने अर्को तथ्यले फेरि मन अमिलो बनाउँदछ । जति थप्पड हाने पनि सन्ततिलाई आफ्नै आमा प्यारो भनेझैं अन्तमा नेपालीहरुलाई नेपाली नै चाहने र सहज परिस्थितिमा एकले अर्कोको साथ निभाइरहेका र एकबद्ध भएर काम गरिरहेका छन् । अप्ठेरो पर्दा सहयोगको लागि नेपालीहरुकै हात उठ्ने गरेको थुपै्र उदहारणहरु हामीले देख्दै र पढ्दै आएका छौं जुन आफैमा खुशीको कुरा हो । र अन्त्यमा लगनशिलता, आँट, धैर्य, सहनशिलता, प्रतिभा र मुख्यतह सक्रियता रहेको खण्डमा जो कोही पनि यहाँ स्थापित हुन सक्छन् भन्ने धेरै उदाहरण म आफैले देखेको छु । विभिन्न कमीकमजोरीका अलावा पनि श्रम र जाँगर हुनेहरुका लागि एउटा राम्रो अवसरमुलक राष्ट्र हो अष्ट्रेलिया भन्न म कत्ति पनि हिचकिचाउन्न ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...