नेभिगेशन
नेपाल समाचार

मोडलः सुजाता चालिसे

मोडलिङ क्षेत्रलाई व्यवसायिक रुपबाट भन्दा आप्mनो अनुकूलतासँग जोडेर अगाडि बढाउने अभियानमा छिन् –सुजाता चालिसे । अध्ययनको सिलसिलामा २ वर्ष अघि अस्ट्रेलिया आएकी सुजाताले “अरेन्ज लभ” नामक सर्ट मुभीमा मोडलिङ गरिसकेकी छिन् । उनले किरण भण्डारी र सर्मिला वर्देवाको गीतमा मोडलिङ गरेकी हुन् । स्कुल पढ्दादेखि नै सोसियल मिडियातिर आकर्षित भएको बताउने सुजाताले मोडलिङतर्फ लाग्न आप्mनो परिवार तथा सुजाता उपाध्याय मानन्धरबाट पूर्ण सहयोग र प्रोत्साहन मिलेको बताइन् । काठमाडौंको जोरपाटीमा जन्मिएकी उनले लिटिल मुन इङ्लिस स्कुल कपनबाट एसएलसी गरिन् भने नयाँबानेश्वरको वल्र्ड लिंक एकेडेमीबाट प्लस टुको अध्ययन सकेकी छन् । उनले त्रिचन्द्र कलेजबाट माइक्रोबायोलोजी, रुरल डिभेलपमेन्ट र सोसोलोजी र कमेस्ट्रीमा ब्याचलर डिग्री प्राप्त गरेकी छिन् । युनिभरसिटी अफ वेस्टर्न सिड्नीबाट पब्लिक हेल्थमा मास्टर्स गरिसकेकी उनले हाल Kings Own Institute बाट Professional Accounting मा मास्टर्स गर्दैछिन् । मोडलः सुजाता चालिसे
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्