नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियाबाट फर्कंदैछन् नेपालीहरु

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी संसारमा जन्म दिने आमा र जन्मेको ठाउँ स्वर्गभन्दा प्यारो र ठूलो हुन्छ भन्ने सन्देश दिने माथिको संस्कृत श्लोकलाई हामी नेपालीले आफ्नो मनबाट कहिल्यै हटाउन सक्दैनौं । चाहे हामी जन्मेहुर्केको ठाउँमै जीवनभर बसिराखौं चाहे प्रवासलाई कर्मथलो बनाएर जन्मभूमिभन्दा सात समुन्द्र पार नै किन नरहौं । हामीलाई जहाँ जसरी रहे पनि आफ्नो जन्मभूमिको याद मात्र होइन् माया पनि विछट्टै लाग्दछ । भनिन्छ, देशको माया विदेशिएपछि मात्र थाहा हुन्छ रे । नजिकको तीर्थ हेँला भनेझै यसमा केही सत्यता हुनुपर्छ । तर प्रवासीहरुको मनोभावना र कुण्ठा बुझ्ने हो भने यसमा धेरै प्रतिशत सत्यता लुकेको देखिन्छ । भिषा लाग्दा लाखौंका भोज ख्वाएर अमेरिका र अस्ट्रेलिया हिंडेकाहरु एक दुई बर्षमै बिरक्तिएका कंैयन कथाहरु छन् प्रवासमा । अग्ला गगनचुम्बी भवन, लोभलाग्दा समुन्द्री तट, बिलासी जीवनको सपना, महंगो डलर विदेशिने मनोभावका प्रारम्भिक पहिचान बनेका छन् । तर रमाउनेहरुको कमी छैन् यहाँ । व्यवसायिक र विद्वताका आधारमा काम पाउने थोरै प्रतिशतको फरक जीवनशैली बाहेक नब्बे प्रतिसत प्रवासी नेपालीले पाखुरी बजाउनै पर्छ डलर कमाउन । डाक्टर, इन्जिनियर अनि पेशागत दक्षताका आधारमा बर्षका कराडौ कमाउनेहरुको लागि भने प्रवास रसिलो र हँसिलो छ । अस्ट्रेलियाको सम्वन्धमा यहाँ चिकित्सा, इन्जिनियर तथा अन्य प्राविधिक क्षेत्र सम्मानित मात्र हैन आर्थिक रुपमा पनि निकै गर्विलो रहँदै आएको छ । सामान्य एउटा जनरल फीजिसियनले बर्षको डेढ दुई करोड सजिलै कमाउँछन् । त्यसमाथि पनि बिज्ञता हासिल गरेकाहरुको थप महत्व छ यहाँ । far_nep2 तर यति हुँदाहुदै पनि सबै कुरासँंग पैसालाई तौलन नमिल्दो रहेछ जीवनमा कहिलेकाँही । यस्तै एउटा तथ्यलाई हामीले बाहिर ल्याउने प्रयास गरेका छौ, यसपटक । मनमा इच्छाशक्ति र लगनशिलता भयो भने असम्भव भन्ने कुरा केही हुँदैन । नेपालीहरु विश्वका जुनसुकै कुनामा रहे पनि आफ्नो कार्यकुशलता, कार्यक्षमता र संर्घषले संसारमा कर्मभूमिबाटै नेपाल र नेपालीलाई चिनाइरहेका छन् । त्यस्तै मध्येका एक हुन् डा. केशवमणि भट्टराई जो अस्ट्रेलियालाई कर्मभूमि बनाएर आफ्नो ज्ञान, सीप, क्षमता र अनुभवलाई अस्ट्रेलियाको स्वास्थ्य क्षेत्रतिर निरन्तर पस्किरहेका छन् । क्यानवेरा सरकारी अस्पतालमा विगत लामो समयदेखि कार्यरत डा. भटट्राई अबचमष्यतजयचबअष्अ कगचनभयल (मुटु तथा फोक्सो सर्जन) का रुपमा निकै परिचित समेत छन् । विश्वमा क्यान्सरपछि मुटु तथा फोक्सो सम्बन्धि रोग दास्रो स्थानमा आउँछ । यस्ता रोगसँग लडेका विरामीलाई उचित परामर्श गरी उपचार गरेर नयाँ जीवन दिनु उनको दिनचर्या हो । अस्ट्रेलियाभरि करिब एक सय दश संख्याको हाराहारीमा रहेका अबचमष्यतजयचबअष्अ कगचनभयल हरुको संख्या नेपाल भने हातको औलामा गन्न सकिने करिब १० जनामात्र रहेका छन् । स्वास्थ्य क्षेत्र आफैमा चुनौतिपूर्ण पेशा मानिन्छ । अझ मुटु तथा फोक्सो सम्बन्धी रोगका विरामीलाई चिरफार गर्दै सफलता हासिल गर्दै आएका डा. भट्टराईको ज्ञान, अनुभव र आत्मविश्वास साँच्चिकै प्रसंशायोग्य छ । आजभन्दा २१ बर्षअघि मेडिकल छात्रवृत्ति पाएर अस्ट्रेलिया पसेका केशवमणि भट्टराईले यतिखेर दुई दशक लामो अस्ट्रेलिया बसाईलाई चटक्कै छाडेर मातृभूमि फर्कने निर्णय गरेका छन् । अस्ट्रेलियाको राजधानी क्यानबेराको सरकारी हस्पीटलमा सीनियर सर्जन रहेका केशवमणिलाई देशमै बसेर सेवा गर्ने मन छ । यतिखेर उनको भावना र निर्णयलाई डलर र रुपैयाँमा साट्न कदापि सकिदैन । श्रीमती पुनम पन्त, छोरी काव्य र छोरा पारव सहित भट्टराई परिवार स्वदेश फर्कने क्रममा जुटिसकेका छन् । सिड्नीको वेस्टमिड हस्पिटल र क्यानबेराका क्यानबेरा हस्पिटलमा करिब एक दशक मुटु तथा फोक्सो सर्जनका रुपमा कार्यरत केशवमणिको बार्षिक आम्दानी करौडांै थियो । आपूmले सिकेको र जानेको कुरा आफ्नै देशमा गएर बाँढ्न सके मन हलुका हुने थियो । प्रवासमा बसेर मुलुकका बारेमा निराशाजनक कुरा गर्नुभन्दा उहीँ गएर केही आशावादी कार्यको थालनी गर्र्न सके जन्मभूमिप्रतिको ऋण तिर्न सकिन्छ कि भन्ने सोंच पलायो कुराकानीको क्रममा केशवमणिले निकै उत्साही र भावुक हुँदै सुनाए । स्कुलमा पढ्दै गरेका दुई छोराछोरीका पढाईलेखाइका बारेमा थुप्रै बहस भए पनि नेपालमा पनि गुणात्मक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने एकिन भएपछि नेपाल फर्कने तय भएको केशवमणिले बताए । far_nep1 विदेशमा सिकेको ज्ञान र आर्जेको सम्पत्तिलाई मुलुकको हितमा लगाउन सक्ने हो भने हाम्रो मुलुक पनि कम हुने थिएन । दुई दशकको अस्ट्रेलिया बसाइमा केशवमणिले नाम र दाम मात्र होइन काम पनि लोभलाग्दो गरेर सबैको मन जितेका थिए । मुटु तथा फोक्सोको वरिष्ठ सर्जन कहलिएका केशवलाई नेपालमा गएर सेवा गर्ने रहर थुप्रैपटक पलाए पनि निर्णय गर्न सकिरहेका थिएनन् । तर जीवनसंगिनी पुनम पन्तको आत्मबिश्वास र स्वदेश प्रेमले उनलाई पनि स्वदेश फर्कने निणर्यलाई थप सघाउ पुग्यो । मुलकभित्र राम्रा र अनुभवी चिकित्सकहरु रहेपनि उपचारविधि र सुविधाका कारण यहाँको चिकित्साविज्ञानले फट्को मारेको केशवमणिको ठहर छ । नेपाल फर्कने उनको निर्णयले धेरैले प्रशंसा पनि गरेका छन् भने कतिलाई अच्चम्मित पनि तुल्याएको छ । भट्टराई दम्पत्ति अस्ट्रेलियाको नेपाली समुदायमा विगत लामो समयदेखि दुखसुखका दौतरी बन्दै आएका थिए । उनीहरुको नेपाल फिर्तिपछि यहाँको नेपाली समाजले भट्टराई दम्पत्तिको अभाव पक्कै पनि महसुस गर्नेछ । केही भन्छन्– यो केशवमणिक रहर हो, गएपछि फ्रस्टेट हुन्छ अनि फेरि फर्कन्छ । तर केशवमणिलाई राम्रोसँग थाहा छ यो रहर मात्र होइन च्यालेन्ज पनि हो भन्ने कुरा । कुराकानीकै क्रममा उनले भने, यहाँ आर्जेको सीप र दक्षतालाई उपयोग गर्दै नेपाली समाजमा सेवा गर्ने निणर्यले मलाई डलर छाडेर रुपैयाँ गन्ने रहर जगाएको छ । यसको अर्थ कतिपय सवालमा डलरभन्दा रुपैयाँको महत्व बढी हुने गर्छ । केशवमणिलाई दुई दशकको प्रवास बसाइले मुलुकप्रति थप जिम्मेवार बनाएको आभास हुन्छ, उनको कुरा सुन्दा । राज्य नागरिक स्वास्थ्यका क्षेत्रमा गम्भिर हुनुपर्छ, नेपालमा यो हुन सकिरहेको छैन । पश्चिमा देशमा राज्यको सिधा सरोकार नागरिकको स्वास्थ्य र शिक्षामा हुने गर्दछ, उनको कथन थियो । जे होस् जसो होस् केशवमणिको मातृभूमि फीर्ने निर्णयलाई सबैले सम्मान गर्नैपर्दछ र उनले चालेको यो कदमलाई अरुले पनि अनुशरण गर्न सकेमा राष्ट्रप्रतिको आफ्नो जिम्मेवारीलाई केही रुपमा भए पनि पुरा गर्न मद्दत पुग्ने थियो । तनँंहुको सुखौरामा जन्मिएका डाक्टर केशवमणिको यो निर्णयले प्रवासमा अल्मलिने र घरजम गर्ने थुप्रै प्रवासी नेपालीलाई थप सन्देश दिएको छ । केशवमणि मात्र होइनन् थुप्रै प्रवासी नेपालीहरु प्रवासमा मनैदेखि रमाउन नसकिरहेको कर्यौ गुनासा छरप्रष्ट भएका छन् । कोही खुलेरै मैदानमा देखिन्छन् भने कतिपय भने बाहिर आउन चाहँदैनन् । म्याग्दी स्थायी वासिन्दा भएका रमेश पेशाले पेशाले सफ्टवेयर कम्प्युटर इन्जिनियर हुन् । नेपालबाट ठूलो धनराशी खर्चेर इन्जिनियर बन्ने सपना बोकेर सिड्नी आएका रमेश इन्जिनियर त बने तर उनी इन्जिनियरको डिग्री बोकेर क्लिनिङको काम गर्नु परेपछि विरक्तिएर हालै नेपाल फिरेका छन् । यी त एउटा पात्र मात्र हुन् । यहाँ हजारै रमेशहरु आफ्नो सपना साकार नभएपछि जुवा र लागू पदार्थमा डुबेका छन् । धन मात्र भएर के गर्नु मन खुसी नभएपछि थुप्रै नेपालीहरु यतिखेर स्वदेशमै संभावना खोज्ने प्रयासमा लागिपरेका छन् । यता अस्ट्रेलियन सरकारले पनि वर्षेनी छात्रवृत्ति दिएर अध्ययन तथा अनुसन्धानका लागि नेपाली विद्यार्थीहरु अस्ट्रेलिया झिकाउने गर्दछ । नेपालका उच्च जनशक्तिहरु यहाँ आएर अध्ययन अनुसन्धान गरी नेपाल फर्कनुको साटो यतै घरजम गर्ने परिपाटी विद्यमान छ । छात्रवृतिमा होस् वा आफ्नै लगानीमा विदेशमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउने सम्बन्धमा सरकार पनि गम्भीर बन्नुपर्ने देखिन्छ । अहिले पनि कैयांै एनआरएनहरु नेपालमा उचित वातावरण भएमा देश फर्केर लगानी गर्ने सोंच बनाइरहेका छन् । राजनीतिक दल, सरकार र सम्बन्धित निकायले यस्ता गम्भिर कुराहरुमा एकबद्ध भएर साझा नीति बनाई प्रवासिएका एनआरएनलाई स्वदेश फर्कने वातावरण बनाएका पक्कै पनि विदेशमा सिकेको सीप, आर्जेको अनुभवले नेपालको आर्थिक क्रान्तिमा थप टेवा पुग्ने कुरामा कसैको दुईमत छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्