नेभिगेशन
कला/शैली

सहारा अब अष्ट्रेलियामा

पोखराको सहारा क्लब अब अष्ट्रेलियामा पनि बिस्तार भएको छ । यसअघि बेलायत र हङकङमा शाखा बिस्तार भई बिभिन्न गतिबिधि सञ्चालन हुदै आएकोमा अष्ट्रेलियामा पनि शाखा बिस्तार भएको हो । क्लबले पोखरामा आयोजित एक कार्यक्रमका अष्ट्रेलिया शाखा बिस्तारको अनुमति प्रदान गरेको छ । क्लबका अध्यक्ष बिरभद्र आचार्यले सहारा क्लब अष्ट्रेलियाका संयोजक राजमान थकालीलाई शाखा गठन अनुमति पत्र प्रदान गरेका हुन् । १८ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका थकालीले अष्ट्रेलिया फर्किएर कार्यसमितिलाई पूर्णता दिने बताएका छन् । सहारा क्लबलाई अष्ट्रेलियामा सम्म बिस्तारको लागि धेरै अघिदेखि प्रयास गर्दै आएकोमा अहिले सफल भएको भन्दै उनले खुसी ब्यक्त गरेका छन् । फुटबलमा चासो राख्ने र सहारा क्लब पोखराको बारेमा जानकारी भएका ब्यक्तिहरुलाई संलग्न गराई सहारा क्लब अष्ट्रेलियालाई अघि बढाउने उनले प्रतिबद्धता जनाएका छन् । पोखरामा सञ्चालित आहा रारा गोल्डकपमा सहारा युके र हङकङले सहभागिता जनाए जस्तै अष्ट्रेलियाबाट पनि आगामी संस्करणमा सहभागि हुने गरी टिम समेत निर्माण गर्ने उनले बताए । साथै क्लबका सामाजिक कार्यहरुमा अष्ट्रेलियाबाट सहयोग गर्ने उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्