कुनै पनि देशको साहित्य, संगीत र कलाले सो देशको सांस्कृतिक समृद्धि झल्काउँछ भने कुनै पनि देशमा खाइने परिकारको विविधताले जीवनस्तरको समृृद्धि केलाउँछ । संसारभर प्राकृतिक सुन्दता, जातीय विविधता र अतिथी सत्कारको देश भनेर नेपाल चिनिदै आएपनि यतिबेला स्वादको विविधताको देशको रुपमा पनि चिनिनेक्रम बढदो छ ।
करिब दुइ दशक अस्ट्रेलियामा बसेर सामाजिक सेवामा समर्पीत पोखराका राजेश केसी भने नेपाली स्वादलाई विश्वमा चिनाउने उनको हुटहुटीमा लागेका छन । गैर आवासिय नेपाली संघ अस्ट्रेलिया लगायतका संघ संस्थामा आवद्ध रहेका राजेश यतिबेला फ्लेभर्स अफ नेपाल अर्थात नेपालको सुगन्ध नामक रेस्टुरेन्ट मार्फत सीडनीको ग्रानभिलमा नेपाली स्वाद पस्कन ब्यस्त छन ।
सन २००६ तिर विध्यार्थी भिषामा उच्च अध्यन गर्न कास्कीको पोखरावाट अस्ट्रेलिया आइपुगेका राजेशले अध्यनसँंगै पाकशिक्षाको पनि अध्यन र अनुभव गर्ने मौका पाए । आर्थिक जोहोका लागि सुरु गरेको पाक शिक्षाको अनुभव उनका लागि अनुभव मात्र नभइ कालान्तरमा व्यबशायको पाटो समेत बन्यो । राजेशले पढाइ र अनुभवसँंगै २०१८मा अस्ट्रेलियनहरुको बाुहल्यता रहेका मोसमन क्षेत्रमा फीस्टेल
नामले रेस्टुरेन्ट प्रारम्भ गरे । पोखरामा जन्मीएका राजेशलाई माछापुच्छ्रेको मायाले फीस्टेल जन्मीएको थियो । सन २०१८देखि २०२२ सम्म राजेशले फीस्टेल चलाएर अस्ट्रेलियनहरुलाई नेपाली स्वाद मात्र नभइ पोखराको पनि संझना गराइरहे ।
त्यसक्षेत्रका नेपाल पुग्ने हजारौ अजीहरु राजेशका नियमित ग्राहक थिए र नेपाली स्वादका पारखी पनि । राजेश संझन्छन, शुक्रबार र शनिबार बुकीङ गरेर आउने अस्ट्रेलियनहरु नेपाल र नेपालीका बारेमा गफ्फीन रुचाउथे, नेपाल पुगेका जो कोही पनि नेपालीको अतिथी सत्कारका बारेमा खुलेर तारिफ गर्थे अनि ढिडो र गुन्द्रुकका बारेमा चर्चा गर्थे । यसरी चार बर्ष अस्ट्रेलियनहरुको बाहुल्यता भएको क्षेत्रमा
फीस्टेल चलाएका राजेशले २०२२को अन्ततिर नेपालीहरुको बाक्लो बस्ती भएको ग्रानभिल क्षेत्रमा नया व्यबशाय प्रारम्भ गरे । फ्लेभर्स अफ नेपाल अर्थात नेपालको सुगन्धको नामले दुइ बर्ष अघिदेखि संचालन गरेको उनको यो व्यबशाय यतिखेर यसक्षेत्रको निकै लोकप्रीय थलोको रुपमा चिनिन्छ ।
यस क्षेत्रका गोरा मात्र हैन,भारतिय,पाकिस्तानी र बंगालीहरुको लागि पनि फ्लेभर्स नेपाली स्वादको रोजाइका रुपमा देखिएको छ । अस्ट्रेलियामा प्रारम्भका दिनमा मम र चाउमिन बेच्दा गोराहरु डम्पलीङ भनेर भन्ने गर्थे तर अहिले आएर मम नेपाली खानाको रुपमा परिचित भएको छ । दाल भात, ढिंडो र बारा,सेकुवा लगायतका कयैन नेपाली खानाहरु यतिबेला बिदेशीको रोजाइमा परेका छन । हामीलाई खाना
बेच्दैगर्दा पनि नेपाली स्वाद पस्कन पाउँदा खुसी लाग्छ, राजेश आफनो व्यबशायका बारेमा बताउछन । श्रीमती अनिता थापा र दुइ छोरी अनि एक छोराका साथ सीड्नीको मेरिल्यान्ड क्षेत्रमा बसोबास गर्दै आएका राजेश टिपीकल नेपाली खाना मात्रै बेच्न रुचाउछन । भन्ने नेपाली अनि भारतिय स्वाद पस्कने पनि धेरै छन तर आफ्नै माटो चिनिने परिकारलाई बिदेशमा चिनाउने उनको प्रमुख उद्देस्य हो ।
पोखरा समाज ,अस्ट्रेलिया ,नेपाली जन सम्पर्क समितीका उपाध्यक्ष समेत रहेका राजेश केसी अतिथी सत्कारको सवालमा नेपालीहरु अगाडी रहेको बताउदै स्वादको सवालमा पनि यतिेबला अस्ट्रेलियामा नेपालीपनले बढावा पाउदै आएको बताउछन । राजेश भन्छन, यो हाम्रो ब्रेड एन्ड बटरको व्यबशाय हो तर यसवाट हामीले बिदेशमा नेपाली स्वाद पस्कने र चिनाउने काम पनि गरेका छौ,यसले केहि सन्तुष्टी भने मिलेको छ । नेपाली मन र तनलाई उजिल्याउने अभियानमा समेत फ्लेभर्स अरुभन्दा एक कदम अगाडि देखिएको छ । नेपालवाट आउने कलाकार हुन या खेलाडी वा राजनितीज्ञ । उनि सम्मान र साहानुभुतीका लागि अगाडि सरी हाल्छन । नेपाली गायकहरु रामकृष्ण ढकालदेखि यम बरालसम्म, सत्य स्वरुप हुन या हेमन्त शर्मा वा प्रकाश सपुत अनि सिन्धु मल्ल अनि समीक्षा अधिकारी । खेलाडीहरुमा दिपक बिष्टदेखि कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ वा पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मादेखि कबिर राणा र हरिहर बिरहीसम्म । फ्लेभर्समा सम्मान र सहभागि नभएका थोरै मात्र ब्यक्तीत्व होलान ।
सामाजिक कार्यमा जुरुक्कै उठिहाल्ने राजेश र उनको नेपाली सुगन्ध बोकेका फ्लेभर्स अफ नेपाल सधै नेपालीपन र नेपालीमन जोडन सपल रहोस ।