गोरखा समाज अस्ट्रेलियाले आफ्नो छैठौ साधारणसभा मार्फत योगेन्द्रराज जोशीको नेतृत्वमा नया कार्यसमिती पाएको छ ।
सीडनीमा शनिबार आयोजित गोर्खा समाज अस्ट्रेलियाको साधारण सभाले नया कार्यसमिती चयन गर्दै मुलुकसँंग जोडने अभियानलाई थप मजबुत बनाउने प्रतिबद्धता जाहेर गरेको छ ।
मानव सेवा आश्रम, भुकम्प पीडित राहत, रक्तदान,, आपसी भाइचारा र सम्वन्ध सुदृढीकरणका लागि पदयात्रा, विध्यार्थीहरुलाई शिपमुलक अभियान लगायत कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको गोरखा समाज अस्ट्रेलियाले आगामी दिनमा थप सामाजिक कार्यक्रमहरु अगाडि बढाउने नव नियुक्त अध्यक्ष योगेन्द्रराज जोशीले प्रतिबद्धता ब्यक्त गरे ।
साधारणसभा मार्फत समाजको उपाध्यक्षमा इश्वर बाबु दाहाल, महासचिबमा राजु पोखरेल, सचिबमा कृष्ण भट्ट,कोषाध्यक्षमा सुजन श्रेष्ठ,प्रबक्तामा रीतु श्रेष्ठ तथा पब्लीक अफीसरमा सन्जिव अमगाइलाई निर्विरोध चयन गरेको छ । कार्यसमितीका अन्य सदस्यहरुमा युवा संयोजकमा अन्जन श्रेष्ठ, महलिा संयोजकमा सुमित्रा मगराती तथा कार्यसमिती सदस्यहरुमा दिनेश श्रेष्ठ,प्रेम खड्का,रेखा भट्ट,सबिता डल्लाकोटी, उद्धब पोखरेल, रेश्मा ढकाल,विनय पन्त र विजयजंग थापालाई चयन गरेको निवार्चन समितीका संयोजक डिल्ली ढकालले जानकारी गराए ।
कार्यक्रममा एनआरएन आइसीसीका सचिब ज्ञानेन्द्र रेग्मीले अस्ट्रेलियामा रहेका संघ संस्थामा क्रियाशिल रहेको गोर्खा समाजले आगामी दिनमा थप समाजिक कार्यमा हात बढाउने कुरामा आफु आशाबादी रहेको बताए ।
यस्तै कार्यक्रममा अस्ट्रेलियाका नेपाली समुदायका अगुवा बिष्णु हमाल, मेघराज पौडेल नन्द गुरुङ, मुक्तीराम पोखरेल लगायतले गोर्खा समाजको नया नेतृत्वको सफलताको शुभकामना प्रदान गरेका थिए ।
साधारणसभामा बिगतको कार्यकालको सफलताका बारेमा बोल्दै निर्वतमान अध्यक्ष आनन्द श्रेष्ठले गोर्खालीहरुलाई एकताको सुत्रमा बाध्ने र सामाजिक कार्यमा समाजले महत्वपुर्ण योगदान दिएको बताए ।