नेभिगेशन
समाचार

गजल मुशायराको १५ औं संस्करण मेलवर्नमा  हुने 

सिड्नी ।  विशुद्ध नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ अष्ट्रेलियामा सन् २०१४ देखि निरन्तर क्रियाशिल रहदै आएको ‘मुशायरा परिवार’ ले आगामी मे ३ तारिख शनिवार मेलवर्नको ४९५ ल्यागोन स्ट्रिट ब्रन्सवीक स्थित साइनो फंसन सेन्टरमा "गजल मुशायरा" कार्यक्रम गर्ने भएको छ । नेप्लिज एसोसियसन अफ भिक्टोरिया (NAV ) संगको सहकार्यमा हुने सो कार्यक्रममा २५ जना गजलकारहरुको ५० गजल वाचन सहित गजल गायन र गजलमै नृत्य रहने बताईएको छ ।


नेपाली गजल र साहित्यप्रेमी हरुले छुटाउनै नहुने सो कार्यक्रममा  स्थानीय सर्जकहरूले आ आफ्नो  रचना वाचन पनि गर्नेछन् ।
गजलमै नाच, गजलमै हॉंस अर्थात सबैथोक गजलबाट । यस्तो कार्यक्रम कतै हेर्नुभएको छ ? अष्ट्रेलियामा हुनुहुन्छ र अझै बिशेष मेलवर्न वरपर हुनुहुन्छ भने एउटा छुटाउनु नहुने कार्यक्रम हो  ‘गजल मुशायरा’ । गजल मुशायरा सुरु भएको ११ औं बर्षको संस्करण अष्ट्रेलियाको मेलवर्नमा हुने भएको छ । सिड्नीमा ८ वटा सफल श्रृंखलाहरू, ब्रिसबेनमा दुइवटा, एडिलेडमा यौटा, अल्बेरीमा यौटा भव्य संस्करणहरू र नेपाल(नुवाकोट) र मलेशियामा दूई संस्करण सहित अवको ११ बर्षको बिशेष १५ औं  संस्करण अष्ट्रेलियाको शहर मेलवर्नमा  आयोजना हुने भएको हो ।
 गजल मुशायराको मेलवर्न १५ औं विशेष श्रृंखला हुनेछ, जसमा अस्ट्रेलियामा रहेका २५ जना गजलकारहरुले २/२ वटा गरी ५० वटा गजल बाचन गर्नेछन् । गजल मुशायरा २०२५ मा  सिड्नीबाट जितेन्द्र मल्ल, बिनायक अधिकारी, महेश्वर शर्मा, राहुल अर्याल, मानस राज, न्यूक्यासलबाट इश्वर पौडेल, ब्रिसबेनबाट केशव शर्मा, ओमकार अधिकारी, र कृष्ण समर्पण, अल्बेरीबाट दुर्गाप्रसाद रिमाल र रिमेन आलोक र मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, सुशील शर्मा सापकोटा, रमेश अधिकारी, कल्याण अधिकारी, अशोक दवाडी, कल्पना अधिकारी भण्डारी, झगेन धिमाल, प्रेम भुषाल, प्रिसुइन्स रेग्मी, पि. डि. सापकोटा, पार्वती पहारी र सन्तोषी लामीछानेले आ आफ्नो गजल र रचना प्रस्तुत गर्ने छन् 
 कार्यक्रममा गजल बाचनको अतिरिक्त अशुं महरा, वनिता केसी र अग्रता नेपालको गजल नृत्य एव सुनिल खड्काको गजल गायन समाबेश रहने छ । बासुदेव मरहट्टाको सञ्चालन रहने यस कार्यक्रममा सहभागी भै गजल वाचन, गायन र नृत्यको मज्जा लिनुका साथै नेपाली गजलको प्रबर्धन गर्ने हाम्रो सानो प्रयासमा सहभागी भै दिनुहुन गजल मुशायरा परिवारले सबैमा सादर अनुरोध गरेको छ ।
मेलबर्नमा नेपाली साहित्यको एक बृहत् कार्यक्रम गर्ने आफ्नो प्रयासले लामो समयपछि सार्थकता पाउन सकेको मेलवर्न संयोजक लक्ष्मण सन्जेल बताउछन् । उनि भन्छन् - यो कार्यक्रम मार्फत्  मेलबर्नमा रहनुभएका अग्रज तथा नयाँ सर्जकहरूलाई सिर्जनशील बनाउने हाम्रो यो प्रयासलाई परिणाममुखी बनाउन सबैको साथ र सहयोग रहने बिस्वास छ । 
गजल मुशायराका संयोजक जितेन्द्र मल्ल मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनुहुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम भएको र मेलवर्न संस्करणले अष्ट्रेलियामा रहनुभएका साहित्यिक पारखी र गजलकारहरुलाइ अझ तताउनेमा विश्वस्त रहेको बताउछन् ।  गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो । चट्ट स्टेजमा आउने आफना गजल भन्ने र फर्कने । सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान । त्यसैले त गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् । 
गजल मुशायराका बारेमा यहॉंहरुलाइ सहयोग र सर सल्लाह गर्न चाहना रहेमा मेलवर्न संयोजक लक्ष्मण सन्जेल ०४५२ ३६२ १७७, र  जितेन्द्र मल्ललाई ०४०२ ५२५ ९७७  मा  सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
होवार्टमा नेपाल महोत्सवको चहल पहल

होवार्टमा नेपाल महोत्सवको चहल पहल

होर्वाटमा यही आउदो २९ मार्चमा नेपाल महोत्सव आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको कुरा आयोजक एनआरएन तास्मािनया राज्य समितीले जानकारी दिएको छ ।