नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीमा पारिजात सम्झदै बिभिन्न विधाका स्रष्टा सम्मानित 

सिड्नी   । नेपाली भाषा, साहित्य र युवापुस्तालाई प्रवासमा प्रेरणा दिने हेतुले अष्ट्रेलियामा  स्थापित नईे  एकेडेमी अस्ट्रेलिया शाखाले  नेपाली साहित्यकी कालजयी स्रष्टा पारिजातको ८८ औँ जन्म जयन्तीको अवसरमा सिड्नीमा एक विशेष साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको  आयोजना गरी बिभिन्न विधाका स्रष्टा सम्मानित गरेको छ ।   IMG_8415-1745300506.jpeg

१९ अप्रिल २०२५, शनिबारका दिन  गिलफल्ड स्थित   गिलफल्ड कम्युनिटी  हलमा आयोजित कार्यक्रममा   ‘नइ परिजात  अर्वाड- साहित्य तर्फ राम प्रसाद कोइरालालाई  प्रदान  गरिएको छ ।  पुरस्कारको  राशी प्रमाण पत्र र $५०० रहेको छ ।  सम्मानित  सर्जक कोइरालाले  आफुले पाएको $५०० डलर पुन नैइ एकेडेमीको खातामै जम्मा गरिदिनु  भएको थियो । IMG_8418-1745300968.jpeg

पत्रकारिता तर्फ  मेलबोर्न निवासी  निरु त्रिपाठी र सिड्नी   निवासी सीता रसाइलीलाई  अष्ट्रेलियामा पत्रकारिताको माध्यमबाट योगदान पुर्याए बापत  बिशिस्ट सम्मान 
प्रदान   गरिएको थियो ।  यसैगरी  १२-२४ बर्षका पाच जनालाई  ‘नइे वर्ष युवा पुरस्कार २०२५’ बाट सम्मानित गरेको छ ।  एक सय  डलर सहित सम्मानपत्र पाउनेहरुमा साहित्य तर्फ मोक्षदा अमगाइ- (नेपाल ) गीत संगीत तर्फ सन्देष पौडेल (नेपाल ) डान्स तर्फ गोरीमा रायमाझी, मेल्वर्न  नृत्यतर्फ सीमोन सीर्पाली  सिड्नी   तथा खेलकुद तर्फ मीया पुन सिड्नी    रहेका छन्  । कार्यक्रममा  नईे   एकेडेमी अष्ट्रेलिया शाखाकी सस्थापक अध्यक्ष सिमा रोशीलाई सस्थालाई ५ हजार अष्ट्रेलियन डलर   सहयोग गरेबापत सम्मान  गरियो  ।  IMG_8421-1745301362.jpeg

कार्यक्रममा मुख्य  अतिथि नईे एकेडेमी नेपालकी प्रमुख   इन्दिरा प्रसाईँले भर्चुअल माध्यमबाट विशेष सम्बोधन  गर्दै प्रबाशमा  नेपाली कला सस्कृति जोगाउन  नईे   एकेडेमीले खेलेको भूमिकाको प्रशसा   गर्दै  भाषा र सस्कृति रहेन भने  देशको अस्थित्व नै मेटिने बताइन्  ।  कार्यक्रममा विशिस्ट  अतिथि तथा अन्तराष्ट्रिय  जेसिजको  पूर्व उपाध्यक्ष  एवं  नेपाल  जेसिजको  पूर्व  अध्यक्ष  वरिष्ठ  समाजसेबी एवं  साहित्यकार   अनुपमान  सैंजुले नेपालको बिकासमा  नेताहरुले नेतृत्वदायी भूमिका   खेल्न नसकेको बताउदै देश   भस्ट्रचारमा  ब्यप्त भएको   बताए ।  
कार्यक्रममा   एन्जा अध्यक्ष कृष्ण तिवारीले प्रबाशमा  नेपाली भाषा,  कला सस्कृतिको  जगेर्नामा नईे एकेडेमीले खेलेको  भूमिकाको प्रशसा   गर्दै  कर्मभुमीमा नेपाली सस्कृतिको जगेर्ना   गर्नु सबैको   कर्तब्य भएको  बताए । एकेडेमी अष्ट्रेलिया शाखाकी अध्यक्ष सिमा रोशीले  नब निर्बाचित एन्जाका  अध्यक्ष तिवारीलाई दोसल्ला ओढाएर सम्मान गरिन् ।
सम्मानित महिला   पत्रकार सिता रसाइलीले पुरस्कारले आफुलाई   पत्रकारिता   क्षेत्रमा लाग्न थप प्रेरणा दिएको बताइन्  ।  

कार्यक्रमको अध्यक्षता गरेकी  नैइ एकेडेमी अष्ट्रेलियाकी  सस्थापक तथा  अध्यक्ष सिमा रोशीले उपस्थित सबैलाई   धन्यवाद   दिदै  भबिश्यमा पनि सबैको   साथ र सहयोग   पाउने    आशा  ब्यक्त गरिन ।  कार्यक्रममा कविता वाचन, नृत्य र नेपाली गीत सङ्गीत प्रस्तुतिले मनोरन्जन  प्रदान    गरेको  थियो । 

कार्यक्रममा अनेसास अध्यक्ष- डा प्रकास पौडेल, फेन्काका डा मधुसुधन पुडासैनी  शब्दमाला स्कुलका अध्यक्ष बिस्णु घिमिरे 
लगायतले आ आफ्नो बिचार   राखेका थिए ।  IMG_8420-1745301394.jpeg

कार्यक्रमको सन्चालन रुपन्देही   सामाजिक  संञ्जालका  संरक्षक  एवं  फेन्का  न्यु  साउथ  बेल्थ  अष्ट्रेलियाका  डेपुटि  कोडिनेटर  एवं  अनेसास  न्यू  साउथ   वेल्सका पब्लिक  अफिसर मुक्ति राम पोखरेल तथा नइ एकेडेमी अस्ट्रेलियाकी उपाध्यक्ष प्रज्ञा पनेरु तथा सचीव प्रान्जली खड्काले सयुक्त रुपमा   गरेका  थिए  ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्