नेभिगेशन
समाचार

फेन्काको १० औं वार्षिकोत्सव सम्पन्न 

सिड्नी ।  अष्ट्रेलियाको नेपाली समुदायहरुको बृहत संस्थागत प्रतिनिधित्व, आपसी समन्वय र सशक्तिकरण गर्ने उद्देश्य राखेर अप्रिल ९, २०१५ मा गठन भएको नेपाली सामुदायिक संस्थाहरुको महासंघ फेन्का (FeNCAA) ले आफ्नो १० औं वार्षिकोत्सव यहि अप्रिल ९ तारिख सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट सम्पन्न भएको सो वार्षिकोत्सव कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदुत चित्रलेखा यादवले छोटो समयमा अस्ट्रेलियाको संघिय सरकारसंग गरेको समन्वय र सहकार्यको प्रसंशा गर्दै नेपाली संघ सस्थाहरुलाई जोडेर  अष्ट्रेलियामा रहेका नेपालीहरुको लागि शिक्षा, स्वास्थ्य, नेपाली भाषा, कला र संस्कृतिको पहिचान र जगेर्नामा गर्दै आएको कार्यहरुको निरन्तरतामा जोड दिन र प्रभावकारी भूमिका खेल्न आग्रह गरिन । सो अवसरमा उनले फेन्काको कार्यविवरणहरुको आधिकारिक जानकारी गराउने उद्देश्यले प्रकाशित न्यूजलेटरको लोकार्पण गरेकी थिईन ।
साउथ अष्ट्रेलियाका लागि नेपाली कन्सुलर दिपक धमलाले फेन्काले नेपाली समुदायको लागि गर्दै आएको गरेका कार्यको  प्रसंसा गर्दै नेपाली कन्सुलेट अफिससंग समन्वय गरेर फेन्कासंग मिलेर काम गर्न आफू अग्रसर रहेको बताए ।


 
सो अवसरमा नेपाली समुदायका अग्रज, सामाजिक अभियन्ता एवं परिकल्पनाकारहरु डा नारायण प्रधान, ईन्द्रा वन, डा राजु अधिकारी, डा कृष्ण हमाल, बिष्णु हमाल, आङ्दावा शेर्पा र एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल लगायतका बक्ताहरुले फेन्काको योगदानलाई स्मरण गर्दै आगामी वर्षहरूमा फेन्काले नेपाली संघसं स्थाहरुको निरन्तर सहकार्यलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिए ।
 
 संस्थाका अध्यक्ष बोम योञ्जनको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको संचालन संस्थाका महासचिव कपिल पाण्डेले गरेका थिए भने  सचिव डा प्रकाश पौडेलले धन्यबाद ज्ञापन गरेका थिए ।  संस्थाका प्रबक्ता भोला गिरिले प्रेस सम्प्रेसण गरेका थिए।

 अष्ट्रेलियाको राजधानी क्यानबेरामा रजिस्टर भएको फेन्का एक गैरराजनीतिक, गैर-भेदभावपूर्ण, गैर-नाफामुखी र गैर-धार्मिक स्वैच्छिक सामुदायिक संस्था हो जुन नेपाली समुदायको कल्याण र कल्याणकारी कार्यहरुमा समर्पित रहदै आएको छ । फेन्कामा हालसम्म अष्ट्रेलियाका सबै राज्य र क्षेत्रहरूका ९५ नेपाली संस्थाहरूको प्रतिनिधित्व रहेको छ ।
  यो कार्यक्रममा फेन्काका अध्यक्ष बोम योञ्जनले संस्थाको १० बर्षे यात्राको उपलब्धिहरुको विवरण पेश गर्नुका साथै सो को समिक्षा एवं विवेचना समेत गरेका थिए । उनले आगामी वर्षहरुमा फेन्काले समुदायको लागि थप कार्यक्रमहरु अझ प्रभावकारी रुपमा एकताबद्ध र संस्ठागत गर्दै जाने बारे प्रतिबद्धता समेत प्रकट गरे । कार्यक्रममा फेन्काको १० बर्षे यात्राको उपलब्धिहरुको श्रब्यदृश्य प्रस्तुत समेत गरिएको थियो ।
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
होवार्टमा नेपाल महोत्सवको चहल पहल

होवार्टमा नेपाल महोत्सवको चहल पहल

होर्वाटमा यही आउदो २९ मार्चमा नेपाल महोत्सव आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको कुरा आयोजक एनआरएन तास्मािनया राज्य समितीले जानकारी दिएको छ ।