नेभिगेशन
खेलकुद

पदक विजेता नेपाली टोलीलाई नगद सहित सम्मान


अस्ट्रेलियन आपन कराँंते प्रतियोगितामा सहभागीता जनाइ एक स्वर्ण, एक रजत र पाँच कास्य पदक जितेको नेपाली टोलीलाई एनआरएन अस्ट्रेलियाले नगद सहित सम्मान गरेको छ । एनआरएन अस्ट्रेलियाको आफ्नै भवनमा आयोजना गरिएको कार्यक्रममा स्वर्ण पदकधारी एरीका गुरुङ,रजत पदकधारी विजय श्रेष्ठ, कास्य पदक विजेता सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, बर्षा बुढामगर,पुस्पका लामा, दिवस श्रेष्ठ,सोनाम लामा, मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, प्रशिक्षक मन्डेकाजी श्रेष्ठ,रेफ्री तारा श्रेष्ठ गुरुङ व्यबस्थापक अमिर रानालाई सम्मानपत्र , माला र खादाले सम्मानीत गरिएको थियो । नेपालवाट सहभागि भइ अस्ट्रेलियन ओपनमा पदक जित्ने खेलाडीलाईलाई नगद पुरस्कार सहित प्रदान गरिएको थियो । एनआरएनका केन्द्रिय सल्लाहकार दिनेश जोशी, ओसनिया क्षेत्रका सह संयोजक कोमलराज पाठक, एनआरएनका अध्यक्ष अनिल पोखरेल, सदस्य रोशन भट्टराइ, सत्य प्रकाश कडेंल, नयाका अध्यक्ष बिपीन थापालगायतले खेलाडीलाई सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै स्वर्ण पदकधारी एरीका गुरुङले यस्तो सम्मानले खेलाडीमा उत्साह थप्ने कुरा बताइन । प्रशिक्षक कुशल श्रेष्ठले गैर आवासिय नेपाली संघले संसारभरनै नेपाली खेलक्षेत्रलाई सहयोग गर्दै आएकोमा बधाइ ज्ञापन गरे । नेपाली खेलाडीहरुलाई बैदेशिक प्रशिक्षण र एक्सपोजर अहिलेको आवश्यकता हो त्यसका लागि एनआरएनले पहल गरिदिए नेपाली खेलकुद धन्य हुने श्रेष्ठले बताए । कार्यक्रममा नेपाल कराते संघका उपाध्यक्ष ओमकृष्ण प्रशाइले नेपाली खेलक्षेत्रलाई सरकारले महत्व नदिएका कारण सोचेअनुरुपको सफलता हात पार्न नसकेको बताए । नेपालमा खेलकुद बिश्वबिद्यालयको परिकल्पना गरिरहेको बताउदै प्रसाइले एनआरएनलाई सम्मानका लागि धन्यवाद ज्ञापन गरे । खेलाडी राष्ट्रका गहना भएको बताउदै उनिहरुको सम्मानको हकदार भएको र एनआरएनले जानकारी पाएसम्म सबैलाई सहयोग र सदभावको हात अगाडि बढाइरहेको अध्यक्ष पोखरेलले बताए ।                                                                            नया र अर्वन समाजको खेलाडी सम्मानमा दीवाभोज          
यसै बिच नेपाल अस्ट्रेलियन युथ एशोसिएसन(नया)ले पनि पदक विजेता खेलाडीको सम्मानमा दिवाभोजको आयोजना गरेको थियो । अर्वन समाज र नयाको आयोजनामा भएको दिवाभोजमा खेलाडीलाई सम्मानगर्दै नयाका अध्यक्ष बिपीन थापाले मुलुक चिनाउने माध्यमका रहेको खेलकुद र पदक विजेता खेलाडी सम्मानका हकदार भएको बताए । थापाले आगामी दिनमा समेत एरीका गुरुङजस्ता खेलाडीले नेपालको नाम सधै उच्च पार्ने कुरामा आफुहरु बिश्वस्त रहेको बताए । कार्यक्रममा अर्वन नेपाली समाजका अध्यक्ष अरुण श्रेष्ठले खेलाडीहरुलाई बधाइ ज्ञापन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।