नेभिगेशन
समाचार

कन्दरा ब्याण्डले न्यूक्यासलमा सङ्गित प्रस्तुत गर्ने  


सिड्नी ।  नेपाली नयाँ बर्ष बिक्रम सम्वत् २०८२ को अवसरमा एनएसडब्लु राज्यको पर्यटकीय शहर न्यूक्यासलमा साङ्गितिक कार्यक्रम हुने भएको छ । यहि अप्रिल १३ तारिख आईतवार ( नेपाली न्यू ईयर ईभ ) न्यूक्यासल वेस्ट को ३०९ किंग स्ट्रिट स्थित न्यूक्यासल एक्जिभिसन एण्ड कन्भेन्सन सेन्टरमा हुने सो साङ्गितिक कार्यक्रममा नेपालको लोकप्रिय एबम् चर्चित साङ्गितिक ब्याण्ड कन्दराले आफ्नो साङ्गितिक कोशेली पस्कने छ । 


कन्दराले पहिलो पटक न्यूक्यासलमा आफ्नो साङ्गितिक प्रस्तुति दिने सो कार्यक्रममा कलाकारहरु राजनराज सिवाकोटी र आरिफ राफले पनि आ आफ्नो गीत संगीत प्रस्तुत गर्नेछन् भने आजिना कार्कीले कार्यक्रमको होस्ट गर्नेछिन् । 
 द भैरव ग्रुपको आयोजनामा हुने सो साङ्गितिक एबम् मनोरन्जनात्मक कार्यक्रममा सहभागी हुन  न्यूक्यासलमा बसोवास गरेका नेपालीहरुलाई आयोजक सस्थाले हार्दिक अनुरोध गरेको छ । कार्यक्रमको बारेमा नेपाल न्यूज अष्ट्रेलियासँग सम्क्षिप्त कुरा गर्दै आयोजक सस्थाका बाबुराज कडरियाले  प्रवासमा नेपाली गीत संगीतको प्रबर्धन गर्ने उद्देस्यले कार्यक्रम गर्न लागेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीडनीमा नेपाली स्वाद अर्थात फ्लेभर्स अफ नेपाल

सीडनीमा नेपाली स्वाद अर्थात फ्लेभर्स अफ नेपाल

कुनै पनि देशको साहित्य, संगीत र कलाले सो देशको सांस्कृतिक समृद्धि झल्काउँछ भने कुनै पनि देशमा खाइने परिकारको विविधताले जीवनस्तरको समृृद्धि केलाउँछ । संसारभर प्राकृतिक सुन्दता, जातीय विविधता...
नवाज कप फुटबलमा मे ४ देखि सुरु

नवाज कप फुटबलमा मे ४ देखि सुरु