सिड्नी । नेपालको प्रख्यात साँगितिक ब्याण्ड नेपथ्य यतिखेर आफ्नो सागीतिक कोशेली लिएर अष्ट्रेलिया टुरमा छ । नेपथ्यले अष्ट्रेलियामा पहिलो पटक सन् २००९ मा आफ्नो साँगितिक प्रस्तुति दिएर यहाँका संगीत प्रेमी नेपालीहरुको मन जित्न सफल भएको थियो । यसअघि सिड्नीको मुटुमा रहेको 'टाउनहल' , लुनापार्कस्थित 'बिग टप' हल र 'होर्डन पभिलियनमा आफ्नो साँगेतिक प्रस्तुति गरिसकेको नेपथ्यले यस पटक पनि साढे पाँच हजार दर्शक क्षमताको हल 'होर्डन पभिलियन' हलमा आफ्नो मार्च २९ र ३० प्रस्तुति दिनेछ ।
तोकिएको समय भन्दा अगाडिनै टिकट बिक्रि भएको र दर्शक/श्रोताको माग अनुसार नेपथ्यले सोहि हलमा दोश्रो सो गर्ने आयोजकले बताएका छन् ।
अष्ट्रेलियाको राजधानी क्यानबेराबाट महिना दिन लामो शृंखलाबद्ध यात्रा सुरू गरेको नेपथ्यले यस पटकको साँगितिक यात्रामा ब्रिसबेन, होबार्ट, एडिलेड र मेलबर्न सहरमा आफ्नो प्रस्तुति दिएर सिड्नी आई पुगेको हो । स्थानीय आयोजक टीआरएन इभेन्ट्स र नेपालयले नेपथ्यलाई व्यवस्थापन गरेका छन् ।
कन्सर्टका बारेमा नेपाल न्यूज अष्ट्रेलियासंग कुरा गर्दै स्थानीय आयोजक टीआरएन इभेन्ट्सका प्रदिप पाठकले पहिलोमा जस्तै सिड्नीको दोस्रो शोमा पनि घोषणालगत्तै टिकट काट्नेलाई 'अर्ली बर्ड बुकिङ' अन्तर्गत सहुलियत दर व्यवस्था गरिएको बताएका छन् । उनि भन्छन् - देश भक्तिले भरिएका नेपाली गीत संगीतको माध्यमबाट प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो जन्मभूमिसंग जोड्ने पबित्र प्रयास स्वरूप कार्यक्रमको आयोजना गरिएको हो ।
होर्वाटमा यही आउदो २९ मार्चमा नेपाल महोत्सव आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको कुरा आयोजक एनआरएन तास्मािनया राज्य समितीले जानकारी दिएको छ । बुधबार, चैत ६, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.