नेभिगेशन
न्यू साउथ वेल्स

वचन न्यूज अष्ट्रेलियाले   समुदायसँग  अन्न्तरक्रिया गर्दै

सिड्नी ।  अष्ट्रेलियामा स्थापित नेपाली सञ्चारमाध्यम वचन न्यूज अष्ट्रेलियाले यही आउँदो मार्च २३, आइतबारका दिन आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा समुदायसँग  अन्न्तरक्रिया गर्ने    भएको  छ ।  
सिड्नीको अर्बर्नमा आयोजना हने विशेष कार्यक्रममा अष्ट्रेलियाको  लागि नेपाली राजदूत चित्रलेखा यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनेछिन्। साथै, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष , पूर्व अध्यक्षहरू, वरिष्ठ अधिवक्ताहरू, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहने वचन न्यूज अष्ट्रेलियाका  प्र्धान सम्पादक जीवन रायमाझीले  जानकारी   दिए ।  कार्यक्रम   देऊसो १ बजेदेखि  ३ बजेसम्म  अबोर्न स्थित क्लब  अबोर्नमा हुनेछ।

वचन न्यूज अष्ट्रेलियाले सामाजिक तथा सांस्कृतिक गतिविधिहरूलाई उजागर गर्दै सत्य, निष्पक्ष, र दिगो पत्रकारिता प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको जनाएको छ। नेपाली समुदायको निरन्तर समर्थन, सहयोग, र सहभागिताले भविष्यमा अझ प्रभावकारी भूमिका खेल्न सक्ने विश्वास यस संस्थाले व्यक्त गरेको छ। 
कार्यक्रमको मुख्य प्रायोजन RFM Facility Management ले गरेको छ। थप जानकारीका लागि केदार रायमाझी (जीवन), प्रमुख सम्पादक, बचन न्यूज अष्ट्रेलिया (📞 0432685546) लाई सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्