नेभिगेशन
समाचार

टमाटाको उपस्थितीमा क्रिकेटको बिशेष प्रशिक्षण

tamata-1742075238.jpg


नेपाली क्रिकेटका सिद्धहस्त प्रशिक्षकका रुपमा उपमा पाइसकेको प्रशिक्षक जगत टमाटाको उपस्थीतीमा मेलवर्न, सीडनी र एडिलेड लगायतको शहरमा बिशेष प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ ।
एनआरएनए खेलुकुद बिभागको आयोजना तथा न्याभको सहयोगमा आयोजना हुन लागेको यो एक दिने बिशेष प्रशिक्षण कार्यक्रमले यहा रहेको युवा पुस्तालाई क्रिकेटका बिषयमा थप ज्ञान प्राप्त हुने बिश्वास लिइएको छ । नेपाली राष्ट्रीय टोलीका प्रशिक्षक समेत रहीसकेका जगत टमाटा नेपाली क्रिकेटका लोकप्रीय प्रशिक्षकका रुपमा चिनिन्छन । म अस्ट्रेलिया आउदै गर्दा यहा रहेका नेपाली क्रिकेटहरुसँंग पनि भेटघाट गरम आफुले जानेको धेरैथोरै कुरा पनि सेयर गरौ भन्ने सोचका साथ यो कार्यक्रम अगाडि बढाइएको टमाटाले बताए । न्याभको निमन्त्रणामा अस्ट्रेलिया आउदैगर्दा एनआरएन खेलकुद बिभागका संयोजक तथा पुर्व क्रिकेटर यशवन्त सुबेदीले आफनो पहलमा अस्ट्रेलिायका बिभिन्न शहरमा दुइ दिने बिशेष प्रशिक्षणको अभियान अगाडि बढाएका हुन । । जगत गुरु अस्ट्रेलिया आएको बेला हामीले पनि त्यसको फाइदा लिनु पर्छ भनेर यो कार्यक्रम बनाइएको यशवन्तले सुनाए । कार्यक्रम आइतबार १६ मार्च मेलवर्नमा, मार्च २२मा सीडनीमा प्रशिक्षणको कार्यक्रम राखिएको छ । एडिलेडमा कार्यक्रमको तय गर्ने जिम्मा पुर्व राष्ट्रीय खेलाडी प्रेम चौधरीलाई दिइएको छ । 

ReplyForward

Add reaction

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्