सिड्नी । एनआरएनए एसिटिको आयोजनामा यहि मार्च २२ तारिख शनिवार क्यानबेरामा हुने नेपाल महोत्सवको तयारी पुरा भएको छ । एनआरएनए एसिटिका संयोजक बिक्रम सुबेदीका अनुसार क्यानबेरामा रहेका नेपालीहरुले नेपाली मौलिक पोशाकमा सजिएर परेडमा सहभागिता जनाउने छन् त्यसका साथै झांकि, कुमारी रथ यात्रा र नेपाली पन्चेबाजाको धुनले कार्यक्रमलाई थप रौनकता दिने छ । सुबेदीका अनुसार नेपाल हाउस नै यस पटकको महोत्सवको बिशेष आकर्षण रहने छ ।

महोत्सवमा सहभागिताको लागि प्रमुख, बिशिष्ट तथा सामाजिक संघ सॅंस्थाहरुलाई निमन्त्रणा पठाईसकिएको आयोजक सस्थाले जनाएको छ । नेपाल राजदुताबाससॅंग सहकार्य गरि नेपाल हाउस बनाउने र नेपाललाई पर्यटनस्थलको रुपमा चिनाउन बिभिन्न प्रदर्शनी हुने र परेड तथा झांकी, सॅास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । कार्यक्रमका चुनौतिहरुले अझै कार्यक्रम भनेजस्तो बनाउन नसकिएको भन्दै स्थानिय सरकारबाट ग्रान्ट तथा फाईनान्सिल सहयोग नहुंदा कार्यक्रम गर्न गार्हो रहेको र नेपाली समाजका व्याबसायीहरुको प्रायोजन र सहयोगमा सम्पूर्ण कार्यक्रमको बजेट तयार गर्नु परेको संयोजक बिक्रम सुबेदी बताउछन् ।
क्यानबेरा क्षेत्र वरिपरि रहेका सबै नेपालीलाई नेपाली कला सॅंस्कृतीको नेपाली खाना र परिकारहरुको स्वाद लिन र नेपाल भेट्न निम्तोका साथै बहुसांस्कृतिक समुदायलई पनि नेपाल र नेपालीपन झल्कने कार्यक्रममा खुल्ला निम्तो र सहभागी हुन र गराउन आब्हान् गरिएको छ ।
परेड ब्यबस्थापन उप समितिका संयोजक कृष्ण सुबेदीका अनुसार बिहान १०:०० बजेबाट परेड सुरु हुनेछ भने परेडमा एकहजार भन्दा धेरै नेपालीहरुको सहभागिताले परेडको रौनकता बढाउने र परेड मार्फत् सबै संघ संस्था सहित जात जातीका भेषभुषा र बिभिन्न झॉंकिहरुले नेपाल चिनाउन मद्धत पुग्ने छ ।उनका अनुसार परेड गरिमा प्लेसबाट क्यासिनोको छेउ हुदै पार्क वेको ओभरहेड पुल हुदै कमनवेल्थ पार्कमा आएर टुंगिने छ ।
फेष्टिवलमा बालबालिकाहरुका लागी बिशेष खेल्ने स्थान हुने छ भने नृत्य, गीत संगीत र साहित्यको बेजोड संयोजन हुनेछ । कार्यक्रममा नेपालका चर्चित गायक शिव परियार, गायिका समिक्षा अधिकारी र कन्दरा ब्याण्डले आ आफना साँगेतिक प्रस्तुति दिनेछन् । क्यानबेराकै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति पनि थप आकर्षण हुनेछ । जे होस क्यानबेरामा हुन लागेको नेपाल फेष्टिवल हामी सबै मिलेर भब्य र सभ्य बनॉंउ । जसले गर्दा हामी नेपाली र नेपाल चिनाउने अवसरबाट बन्चित हुन नपरोस । हामीले बिदेशिहरुलाइ हाम्रो संस्कृति, संस्कार, रहनसहन र शालीनता देखाउने बेला यहि हो आउनुहोस हामी सबै मिलेर नेपाल फेष्टिवल सफल बनाऔं । कार्यक्रम सहज बनाउनका लागी विभिन्न उप समितिहरु गठन भएका छन् - जस अनुसार नेपाल हाउस - राम आचार्य/किशोर भण्डारी,परेड - कृष्ण सुबेदी र प्रल्हाद अर्याल,कला संस्कृति उपसमितिमा यज्ञ अधिकारी र अशोक बस्नेत,अतिथि ब्यवस्थापन उपसमितिमा खुश्वु नेउपाने र जुलिया पिया श्रेष्ठ,स्वागत गेट ब्यवस्थापन उपसमितिमा किरण गौतम र दिक्षान्त ढुंगेल,पाहुना ब्यवस्थापन उपसमितिमा ललित मल्ल र अभिषेक उप्रेती,स्वयंसेवक ब्यवस्थापन उपसमितिमा सत्य गुरुगं र समिर आचार्य,स्टल बवस्थापन उपसमितिमा प्रेम रायमाझी ,मिडिया मार्केटिंग उपसमितिमा कामना सिंग्देल र मोनालिशा धिमाल,मेडिकल उपसमितिमा सिता पौडेल र रसद ब्यबस्थापन उपसमितिमा बसन्त भट्ट र अभिषेक अधिकारी रहेको एनआरएनए एसिटिले जनाएको छ ।
त्यसैगरी नेपाल फोष्टिवल व्यवस्थापन समूहमा राजु अधिकारी,चुडामणी सापकोटा,अशोक बस्नेत,आशिष सापकोटा,निरज गौली र बिशाल कंडेल रहेका छन् । यसपटक नेपाल महोत्सव क्यानबेराको प्रायोजन अजी फाइनान्स एण्ड होम लोनले गरेको छ ।