सिड्नी। रंगहरुको पर्वका रुपमा नेपाल तथा भारतमा मनाइने होली बिशेष चाड यही आउदो मार्च १३ र १४ तारिख बिहीवार र शुक्रबार बरउड पार्कमा बाबा होली मेला हुने भएको छ । बिहान ११ बजेदेखि साझ ९ बजेसम्म सन्चालन हुने सो मेलामा नेपाल तथा अस्ट्रेलियाका चर्चित कलाकारहरुको सहभागिता रहनेछ ।
नेपाली खाना, गित संगित र नाचगान सामेल होली मेलामा बाल बालिकाहरुको लागि जम्पिङ क्यास्टल सहीत बिभिन्न मनोरन्जनात्मक खेलहरु समेत राखिएको बरउड पार्क होली मेलामा प्रवेश समेत निुशल्क रहने बाबा एजुकेसनका डाईरेक्टर रबिन्द्र कुमार शर्माले बताए ।
कार्यक्रममा गायक शिव परियार आमेश भण्डारी मानस राज लगायत. डि. जे. नट केसको बिशेष प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । सो होली मेलामा मदन कोइराला र जेनी अमात्यले कार्यक्रम सन्चालन गर्नेछन् । प्रबाशमा संस्कृतीको जर्गेनागर्ने उद्देस्यका साथ मनाउन लागिएको सो मेलामा सहभागि जनाइ सिड्नीबासी नेपालीहरु बिच एक आपसमा माया सदभाव साटासाट गर्न आयोजकले सबैलाई अनुरोध गरेको छ ।