सिड्नी। बोरलमा पहिलो पटक नेपाल फेस्टिवल सम्पन्न भएको छ । सिड्निबाट करिब १ घण्टाको दुरिमा रहेको सुन्दर दक्षिणी हाईल्याण्डमा नेपाली जात जातीका भेषभूषा र नेपाली झण्डा सहितको परेडले बोरल नेपालमय बन्यो ।
कार्यक्रममा नेपाली गायक आरिफ, उल्सन र सन्ध्या जोशीले आफना गीत प्रस्तुत गरेर स्थानियबसिलाई मनोरन्जन दिएका थिए । स साना बाल बालिकाहरुको नृत्यले सबैको मन जितेको थियो । कार्यक्रममा बिभिन्न स्टलहरुमा नेपाली घर, खुकुरी, मादल, रुद्राध्यक्ष, लुम्बिनि, पशुपतिनाथ र अन्य नेपाली भाडाकुडाहरु पनि प्रदर्शनमा राखिएका थिएं । नेपाली मात्रै होइन स्थानिय अष्ट्रेलियनहरु पनि नेपाली परिकार खानाको लागि लाइनमा उभिएका थिए । यो नेपाल फेस्टिवल स्थानिय काउन्सिलको सहकार्यमा गरिएको स्थानिय समाजसेबी अनिल ज्ञावलीले बताए ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सुन्दर दक्षिणी हाईल्याण्डमा नेपाल महोत्सव आयोजना गरेकोमा Wingecarribee Shire Council लाई धन्यवाद दिदै आगामी दिनमा पनि एनआरएनए अष्ट्रेलियाको साथ र सहयोग निरन्तर हुने बताए । 
पोखरेलले भने - एनआरएनए अष्ट्रेलिया यस अद्भुत उत्सवमा साझेदार हुन पाउँदा गर्व छ। दक्षिणी हाईल्याण्ड्समा रहेका नेपालीहरू र नेपालको वाणिज्य दूतावास सिड्नी, NSW, अष्ट्रेलिया, अस्ट्रेलियन हिमालयन फाउन्डेसन र सहयोग र सहभागी सबैलाई धन्यवाद दिए। 
कार्यक्रमममा काउन्सिलकि मेयरले नेपालीहरुको यो बिविध संस्कृति, भेषभूषा र कला हेर्न पाउदा खुसी ब्यक्त गर्दै भोलिका दिनमा पनि सहयोग रहिरहने बताइन् । कार्यक्रममा सिड्नीमा
वरपरका थुप्रै नेपालीहरु र स्थानिय बासिन्दाहरुको सहभागीता रहेको थियो । नेपाल फोष्टिवललाइ काउन्सिलले स्थान सहित १० हजार डलर प्रदान गरेको थियो ।