नेभिगेशन
न्यू साउथ वेल्स

डब्बोमा "होली मेला २०२५" को आयोजना गरिने 


डब्बो । रङ्गहरुको पर्व फागु पुर्णिमाको अवसरमा डब्बो नेप्लिज कम्युनिटी अष्ट्रेलियाले डब्बोमा होली मेलाको आयोजना गर्ने भएको छ । ORISCON र डब्बो रिजनल काउन्सिल को सहकार्यमा हुने सो होली मेलामा सहभागीहरुले लाईभ म्यूजिक ,नेपाली कला र संस्कृति झल्कने गीत संगीतको प्रस्तुतिमा झुम्मिदै विभिन्न स्वादिष्ट खानाका परिकारको स्वाद लिन पाउनेछन् ।

कार्यक्रममा किड्सका फेस पेण्टिङ्ग लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रम हुने आयोजक सस्थाले जनाएको छ ।  यहि मार्च ८ तारिख शनिवार डब्बोस्थित ओलाई रोबिन्स ओभलमा अपरान्ह ३ बजे देखि राति ९ बजेसम्म हुने सो मेलामा सहभागी भएर भरपुर मनोरन्जन लिन आयोजक सस्थाले सबैसंग अनुरोध गरेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्