एशोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलिया(एन्टा)को आयोजनामा यही आउदो मार्च पन्ध्र तारिख शनिबार ग्रानभिल पार्कमा होली हंगामा आयोजना गर्ने भएको छ । ह्वाइट स्पट ग्रुपको प्रस्तुती रहेको सो होली मेलामा नेपाल तथा अस्ट्रेलियाका चर्चित कलाकारहरुको सहभागिता रहने संस्थाका महासचिब बिकास झाले बताए । नेपाली खाना, गित संगित र नाचगान सामेल होली हंगामा ग्रानभिलको मेरिल्यान्ड्स पार्कमा आयोजना हुने र प्रवेश समेत निुशल्क रहने महासचिब झाले बताए ।
रंगहरुको पर्वका रुपमा नेपाल तथा भारतमा मनाइने होली नेपालमा पनि त्यत्तीकै लोकप्रीय छ । यो एउटा हाम्रो चाडै बनिसकेको छ र यसलाई हामी बिदेशमा छरिएर रहेका नेपालीले पनि महत्वका साथ हेरिनु पर्ने एन्टाका अध्यक्ष रन्जित शाहले बताए । होली हंगामाका बारेमा जानकारी दिदै अध्यक्ष शाहले संस्कृतीको जर्गेनागर्ने उद्देस्यका साथ पनि सीडनीमा होली पर्वको आयोजना गरिन लागेको सुनाए । बिशेषत फागु पुर्णिमाका दिन नेपाल तथा भारतमा हिन्दुहरुको पर्वका रुपमा मनाइने यस चाडलाई सीडनीबासी नेपालीहरुले पनि आपसमा माया सदभाव साटेर मनाउन अध्यक्ष शाहले अनुरोध गरेका छन । कार्यक्रममा गायक मानस राज , जेनिशा गौतम लगायतको बिशेष प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन ।