नेभिगेशन
न्यू साउथ वेल्स

नेपाली क्रिकेटर अभिनाष बोहरा सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजको ब्रान्ड एम्बेसडर नियुक्त 

सिड्नी ।  अष्ट्रेलियामा लामो समयदेखि  विद्यार्थी भिसा, सीपयुक्त आप्रवासन (Skilled Migration), तथा करियर परामर्श सेवाहरू प्रदान गर्दै आएको सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजले  नेपाली अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अभिनाष बोहरालाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको  छ ।  हिजो सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजको  सिड्नीमा  अवस्थित  कार्यालयमा एक कार्यक्रमको आयोजना गरी  बोहरालाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको  हो ।  सिड्नी अफिसका  म्यानेजर इथान शाक्यले बोहोरा जस्तो एक प्रतिष्ठित अन्तराष्ट्रिय क्रिकेट खेलाडीलाई  आफ्नो   सस्थाको एम्बेसडर बनाउन पाउदा  आफुहरूलाई  गर्व महसुस भएको  बताए ।  यस सहकार्यले हाम्रो कम्पनीलाई जोड्दै विद्यार्थी तथा व्यवसायीहरुलाई  अन्तर्राष्ट्रिय शिक्षा र करियर अवसरहरूतर्फ थप प्रेरित गर्न महत्त्वपूर्ण योगदान गर्ने  विश्वास आफ्नो   सस्थाले लिएको  बताए ।    IMG_7441-1741045695.jpeg

सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेजसँगको सहकार्यबारे आफ्नो धारणा व्यक्त गर्दै  बोहराले भने- शिक्षा र खेलकुद दुवैले उज्ज्वल भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन ।  यस सस्थासँग जोडिन पाउँदा आफुले सम्मानित महसुस  गरेको बताए  ।   उनले  थपे - यो संस्था विद्यार्थीहरूलाई उच्च शिक्षा र विदेशमा बसोबास गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ कार्यरत छ। क्रिकेटले जस्तै, शिक्षाले पनि धेरै युवाहरूलाई उज्ज्वल भविष्यतर्फ अघि बढ्न मद्दत गर्न सक्छ भन्नेमा म पूर्ण  आशाबादी छु । 

बोहरासँगको यो साझेदारी हाम्रो उत्कृष्टता, समर्पण, र सफलताको खोजीप्रति रहेको प्रतिबद्धतामा थप  हौसला र ऊर्जा थपेको शाक्यले बताए  ।  उनले   अगाडि भने - जुन  मूल्य मान्यता शिक्षा र खेलकुद दुवैले साझा गर्छन्। हामी नेपाल तथा विश्वभरका विद्यार्थीहरूलाई प्रेरित गर्ने यात्रामा सँगै अघि बढ्न उत्साहित छौं।

सक्सेस एजुकेशन एण्ड भिसा सर्भिसेज विद्यार्थी भिसा, सीपयुक्त आप्रवासन (Skilled Migration), तथा करियर परामर्श सेवाहरू प्रदान गर्दै विद्यार्थीहरू र पेशेवरहरूलाई उनीहरूको लक्ष्य प्राप्त गर्न सहयोग पुर्‍याउने प्रतिबद्धता राख्दै आएको छ ।  
अभिनाष बोहरा, एक दाहिने हाते तीव्र-मध्यम गतिका बलर हुन् । जो सन् २०१९ देखि नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहँदै आएका छन्। टि-२० अन्तर्राष्ट्रिय खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उनले ६२ वटा त टि-२० अन्तर्राष्ट्रिय खेलहरू खेलिसकेका छन्, जसमा ७५ विकेट लिएका छन्। 
उनको सर्वश्रेष्ठ बलिङ प्रदर्शन ६ विकेट लिएर मात्र ११ रन खर्चिएको हो। साथै, उनले आर्म्ड पुलिस फोर्स क्लब, भैरहवा ग्ल्याडिएटर्स, बुटवल ब्लास्टर्स, र कान्तिपुर गोर्खाज जस्ता विभिन्न घरेलु तथा फ्रेन्चाइजी टिमहरूबाट समेत क्रिकेट खेलेका छन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्