नेभिगेशन
न्यू साउथ वेल्स

नारी निकुञ्ज अस्ट्रेलियाले सिड्नीमा मनायो अन्तर्राष्ट्रिय महिला दिवस २०२५ 

सिड्नी ।  नारी निकुञ्ज अस्ट्रेलियाले अन्तर्राष्ट्रिय महिला दिवसको  अवसर   पारेर  एक कार्यक्रम   भव्य रुपमा मनाएको छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नोरिस नेशन फाउण्डेसनसंगको सहकार्यमा  २ मार्च आइतबार सिड्नी स्थित लिभरपुलमा वृहत अन्तरक्रिया सहित  कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाएको  हो।IMG_7435-1741039446.jpeg

कार्यक्रममा  प्रमुख   अतिथि  अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले दिप प्रज्वलन सहित समुद्घाटन गरेकी थिईन् । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत यादवले महिलाहरुलाई प्रशासनिक सहितका अन्य क्षेत्रमा कार्यकारी पदमा ल्याउनुपर्ने बताईन् । उनले महिलाहरुलाई समान अवसर र नेतृत्वमा ल्याउन सके मात्र महिला अधिकार र शसक्तिकरण  थप प्रगती हुने बताइन ।  

नारी निकुञ्ज अस्ट्रेलियाकी संयोजक सगिंता चापागाईले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै लामो समयदेखि संस्थाले महिलाहरुको उत्थानका लागि काम गरेको बताईन् । उनले मुख्यगरी पाठेघरको मुखको क्यान्सर, महिनावारी, प्रजजन स्वास्थ्य समस्याका बारेमा नेपालका विभिन्न ठाउँमा सचेतना जगाउने सहित सहयोगका काम गरिरहेको जानकारी दिईन् । उनले अस्ट्रेलियामा पनि विद्यार्थी र महिलाहरुलाई लक्षित गरी विभिन्न तालिम तथा कार्यक्रमहरु गरिएको स्पष्ट पारिन् । IMG_7438-1741040853.jpeg

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नारी निकुञ्ज एनआरएनए अष्ट्रेलियाको  एउटा अभिन्न अग रहेको   बताउदै   अझ बढि ससक्तरूपमा काम गर्न  प्रोत्सहन  गरे । परोपकारी  कामका लागि  सदैव आफ्नो  साथ सहयोग रहने बताए ।

कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारीले आफ्‌नो संस्थाले अस्ट्रेलियामा रहेका समाजहरुलाई नियालिरहेको  बताउदै   नारी निकुञ्ज अष्ट्रेलियाले गरेका सामाजिक कर्महरु प्रशसंनीय रहेको बताए । उनले नारी निकुञ्जसंग सहकार्य गरेर काम गर्न इच्छुक  रहेको प्रतिक्रिया दिए ।

कार्यक्रममा मनोचिकित्सक डा. घनश्याम चापागाईँ, डा. राजु अधिकारी र नोरिस नेशन फाउण्डेसनद्धारा सुरक्षित महिनावारी, सुरक्षित प्रसुती, गर्भावस्था, महिनावारी र महिला स्वास्थ्यसंग सम्बन्धित विभिन्न जानकारी र सचेतनामूलक प्रस्तुती राखिएको थियो । 
कार्यक्रममा लिभरपुल काउन्सिलकी काउन्सिलर फियोना म्याकनट, चरिश्मा कलियान्दा, एन्जा संस्थापक अध्यक्ष हेमन्त काफ्ले,नारी निकुञ्ज संस्थापक संयोजक बबिता श्रेष्ठ, पूर्व संयोजक प्रतिज्ञा अधिकारी, सामाजिक अगुवा ईन्द्रा वन, कला संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेत केसी , नारी निकुञ्ज न्यू साउथ वेल्स राज्य संयोजक सबला बस्नेत,  काउन्सिलर सुकृति भट्ट   एनआरएनएका पूर्व प्रतिनिधि पदधिकारीहरु, सामाजिक नेता तथा व्यावसायिक लगायत विभिन्न संघसंस्था प्रमुख एबम  प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

IMG_7437-1741040913.jpeg

यसै अवसरमा  नारी निकुञ्जकी संस्थापक सचिव जानकी पौडेलद्वारा लिखित  रिलेशनसीप र कोरोना कहर पुस्तकको विमोचन गरिएको थियो । नारी निकुञ्जले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट स्वंय सेवक पुरस्कार यस बर्ष अग्रता रेग्मीलाई प्रदान गरिएको छ । 
कार्यक्रममा जेनिशा गौतम नेतृत्वको कलाकारहरुले नेपाली पहिरनमा सजिएर  विभिन्न नेपाली कला   संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतीहरु  दिएका थिए  भने  कार्यक्रमको सञ्चालन मनीला सुवेदी र अर्चना गौतमले सामुहिक रुपमा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्