सिड्नी । नेपालमा परोपकारी अभियानसंगै फुटबल खेलमा समर्पित सहारा क्लबको अस्ट्रेलिया शाखा सहारा अस्ट्रेलियाले सिड्नीमा दशौ बार्षिकोत्सव कार्यक्रम आयोजना गरेर क्लबका संस्थापक स्वर्गिय राजमान थकालीको योगदानको संझना गरेको छ ।
सहारा क्लबलाई अस्ट्रेलिया भित्राएको दशौ बर्षगाठको उपलक्ष्यमा सहारा अस्ट्रेलियाको लोगो तथा आगामी सहारा कप फुटबलको तिथिमीती समेत सार्वजनिक गरिएको छ । सिड्नीको टेम्पे पार्कमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष सिर्दाथ पौडेलले यस बर्षको सहारा कप अस्ट्रेलिया फुटबल प्रतियोगिता आउदो १७ अगष्टदेखि १४ सप्टेम्बरसम्म राइडलमेर पार्कमा आयोजना हुने बताए । खेल हरेक आईतवार हुनेछ।
उनले क्लबको नया जर्सि र लोगो समेत सार्वजनिक गर्दै असहायलाई सहारा दिएर पोखरेली जनता माझ लोकप्रिय रहेको सहारा क्लबको अस्ट्रेलिया शाखा पनि फुटबल र सामाजिक कार्यमा अग्रसर रहेको बताए ।
क्लबका संस्थापक स्वर्गिय राजमान थकालीको सपनालाई हामी खेर जाने दिनेछैन, अध्यक्ष पौडेलले भने ।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सहाराको कार्यको प्रशसा गर्दै खेलकुदको माध्यमबाट नेपाली समुदायमा एकता ल्याउन थप मद्द्त गरेको बताए । परोपकारी काममा एनआरएन अस्ट्रेलियाको सधैं साथ रहने प्रतिबदता जनाए । तेस्तै एनआरएन न्युसाउथवेल्सका सचिब कल्याण खड्काले सहारा क्लबले अस्ट्रेलियामा आफनो अलग पहिचान बनाउन सफल भएकोमा बधाइ ज्ञापन गरेका थिए । खड्काले भने , सहारा अस्ट्रेलियाले यसको नाम अनुरुप काम गरेको छ, यसमा सबै फुटबलप्रेमीले गर्व महसुस गर्नुपर्दछ । कार्यक्रममा यसका शुभचिन्तकहरुलाई क्लबको जर्सी बिक्री गरी आर्थिक संकलन समेत गरिएको संस्थाकी महासचिब जेशिका तामाङले जानकारी गराइन ।, एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष नन्द गुरुङ , समुदायका नेता हेउपती गुरुङ, एन्फा अस्ट्रेलियाका अध्यक्ष विजय राउत लगायतले सहाराको सफलताको शुभकामना दिएका थिए ।