अस्ट्रेलियाामा मुलुक चिनाउने मेलाका रुपमा चिनिएको नेपाल महोत्सव बिभिन्न राज्यमा मनाउने क्रममा यही आउदो मार्च ९ तारिख एडिलेडको एल्डर पार्कमा आयोजना हुदैछ ।
मुलुकको कला संस्कृती र रहनसहन अनि खानपीनका साथै पर्यटन प्रवर्धन गर्ने उद्देस्य बोकेको एडिलेडको महोत्सवकको तयारी लगभग पुरा भैसकेको आयोजक एनआरएन साउथ अस्ट्रेलियाका संयोजक सन्जय पुरीले बताए ।
एडिलेड महोत्सव मुख्य आकर्षणका रुपमा रहेको नेपालको कला संस्कृति र महत्वपुर्ण पर्यटकिय स्थल चिनाउने नेपाल हाउस निर्माणको तिव्र रुपमा अगाडि बढीसकेको छ , यतीमात्र नभइ आयोजनाका अन्य तयारी पनि लगभग पुरा भैसकेको संयोजक पुरीले जानकारी गराए ।
अष्ट्रेलियामा जन्मेका हुर्केका नया पुस्तासँंगै अष्ट्रेलिया रहेका पछिल्लो पुस्ताका युवा र अस्ट्रेलियन नागरिकका लागि नेपाल चिनारीको माध्यम बनेको यो नेपाल हाउस सदैब महोत्सवको केन्द्रबिन्दु बन्दै आएको छ ।
नेपाली परम्परागत बाजाहरु, ढिकी, जातो, मात्र नभएर हलो र जुवा समेत दर्शकहरुले अवलोकन गर्न पाउने छन । नेपालकै परिचय बोकेको धरहरा, नेपाली परम्परागत ढुङ्गेधारा, ईनार, घर, बौद्ध चैत्य, मन्दिर पनि हाउसको मुख्य आकर्षक रहेको एनआरएन अस्ट्रेलियाका केन्द्रिय सचिब थिर गुरुङले बताए ।
एडिलेडको आफ्नै पहिचान बनेको नेपाली पंचे बाजा, मौलिक बाजा सहित सांस्कृतिक बस्तुहरु प्रदर्शनीमा राखिने अनि नेपालको पर्यटन प्रबर्धनमा समेत महत्वपुर्ण सहयोग पुग्ने अतिथी सत्कार संयोजक बिष्णु तिवारीले जानकारी दिए ।
महोत्सवमा गत बर्षमा प्रदर्शनीभन्दा फरक र केहि अलग महत्वका बिषयहरु कुमारी,एक सिङ्गे गैडा, नेपाली मौलिकता झल्काउने रथ, चैत्य लगायत समेत आकर्षकका रुपमा रहने एनआरएनका केन्द्रिय सदस्य समेत रहेका तिवारीले बताए । महोत्सवलाई यस पटक स्थानिय शैक्षिक परामर्शदाता बुमराङ इन्टरनेशनल एजुकेशन सेन्टरले फ्लीन्डर्स बिश्वबिद्यालयको सहकार्यमा मुख्य प्रयोजनको भुमिका निर्वाह गरेको छ । बुमराङका आशिष वाग्लेले नेपालीपन झल्काउने र नेपालीमन जोड्ने महोत्सवमा सहकार्य गर्न पाउनु आफनो लागि पनि खुसीको बषिय रहेको बताए ।
महोत्सवलाई साउथ अस्ट्रेलियन सरकार, नेपाल राजदुतावस र नेपाल पर्यटन बोर्डलगायत बिभिन्न संघ संस्थाहरुले पनि सहयोग गरेको कुरा आयोजकले जनाएका छन ।