नेभिगेशन
न्यू साउथ वेल्स

डम्वर ढुङ्गेलको अध्यक्षतामा एशोशियसन अफ नेपाली ओरिजिन (एएनओ) अष्ट्रेलिया शाखा गठन

सिड्नी ।  संसारभर छरिएर रहेका  प्रबशी  नेपालीलाई  एकत्रित गरी ऊनीहरूको प्रातिभालाई  चिनाउदै  नेपाली कला    सस्कृतिको बिकास गर्ने  हेतुले   स्थापना  भएको  एशोशियसन अफ नेपाली ओरिजिन (एएनओ) को अष्ट्रेलिया शाखा गठन  भएको छ ।  IMG_7247-1740482774.jpeg

सिड्नीमा   एक  कार्यक्रमको आयोजना गरी  डम्वर ढुङ्गेलको अध्यक्षतामा एशोशियसन अफ नेपाली ओरिजिन (एएनओ) अष्ट्रेलिया शाखा गठन भएको हो । 
यसै गरी उपाध्यक्षमा दिनेश खतिवडा, महासचिव गगन विडारी, उप महासचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्ष लिला भण्डारी रहेका छन् । भने सदस्यहरुमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेका छन् ।

पुर्खेउली थाक थलो नेपाल भएर नेपालदेखि भुटान, वर्मा, भारत  थाइल्यान्ड लगायत विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई एशोशियसन अफ नेपाली (एएनओ) ले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताए  
अष्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख  अतिथि अष्ट्रेलियाका लागि नेपाली  राजदुत चित्र लेखा यादवले भाषा र संस्कृति जोगिए  नेपालीको पहिचान जोगिने बताउदै  नेपालको संमृद्धिमा नेपाली भाषी समुदायको अग्रणी भूमिका   हुने बताइन  ।  
कार्यक्रममा संविधान सभा सदस्य गिता वाग्ले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, नेप्लिज जर्नालिस्ट एशोशियसन एन्जा अध्यक्ष कृष्ण तिवारी, एएनओ उपाध्यक्ष ओम गुरुङले नेपालको संमृद्धिमा प्रवासीको भुमिका अपरिहार्य रहेको बताए  ।  नेपाली भाषा सस्कृतिलाई  जीबन्त राख्न  सबैले पहल गर्नुपर्ने कुरा  औल्ल्याए ।  

गत वर्ष थाईल्याण्डको बैककमा ३२ देशका नेपालीभाषीहरुले भुटानी नेपाली मुलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन गरेका थिए । यस अघि यसको शाखा वेलायत, पोर्चुगलमा गठन गरिसकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
वचन न्युजको प्रथम बार्षिकोत्सव सम्पन्न

वचन न्युजको प्रथम बार्षिकोत्सव सम्पन्न

राजदुत यादवले बिदेशमा पनि नेपाली मिडियाहरुले आफनो कर्म र धर्ममा अग्रणी भुमिका निर्वाह गरेकोमा कृतज्ञताप्रकट गर्दै भनिन यसले आफनो पेशाको मान र शान राख्नका लागि पनि निष्पक्ष भएर ...