नेभिगेशन
कला/शैली

जेनीशाको “माया छरिदेउ” बजारमा  

सिड्नी  ।  लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउदै आएकी नेपाली कलाकार जेनिशा गौतमको भजन गीती संग्रह  “माया छरिदेउ” आफ्नै जेनिशा ईन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट बजारमा  ल्याएकी छिन्   ।  गीतको रचना, संगीत र गायन जेनिशा आफैले  गरेकी हुन ।   उदयराज पौड्यालको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोमा जेनिशा आफै र बाल कलाकार मुकुन्द तिमिल्सिना लगायतका अन्य कलाकारहरुले  अभिनय गरेका  छन्  ।  

jenisha22-1740471767.jpg

सिड्नीमा  एक कार्यक्रमबीच विशेष अतिथि एनआरएनए अस्ट्रेलिया नारी निकुञ्ज संयोजक संगिता चापागाईले  उक्त  गीत सार्वजनिक गरिन ।  चापागाईले प्रवासमा  गीत संगीतको माध्यमवाट नेपाली भाषा कला   सस्कृति जोगाउन महत्वपुर्ण भुमीका खेलेको बताउदै जेनिशाको प्रशम्सा  गरिन् ।  
कार्यक्रममा एनआरएनए  अस्ट्रेलियाका अध्यक्ष अनिल  पोखरेलले नेपाली गीत संगीत  भजनले  यहाँका दोश्रो पुस्ताका  नेपालीलाई आफ्नो भाषा सस्कृति सिकाउन थप मद्द्त  पुग्ने बताउदै जेनिशाको कार्यलाई धन्यवाद   दिए। 

कार्यक्रममा ग्रेटर नेपलिज मल्टिकल्चर कम्युनिटीका अध्यक्ष विष्णु हमाल  निम्फाका पूर्व अध्यक्ष सुदर्शन थापा मगर एन्टाका अध्यक्ष रन्जीत शाह लगायतले प्रवासमा बसेर नेपाली   गीत संगितको जगेर्ना गर्नु महत्वपुर्ण भएको बताउदै  उनको लगनशिलताको  खुलेर प्रसशा गरे ।  कार्यक्रममा 
उपस्थित कलाकाहरु र प्रायोजकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कलाकार अक्षिता तिमिल्सिना र मानस राजले स्वागत मन्तव्य राखेका थिए । 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/शैली
प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’  बजारमा

प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’ बजारमा

परदेशीका पीडा र भावना समेटिएको यो गीतमा कविन्द्र तामाङको शब्द र संगीत छ । अर्पण थिङले एरेन्ज गरेका छन् ।
रातोघरमा ढकाल सुमधुर साँझ 

रातोघरमा ढकाल सुमधुर साँझ