सिड्नी । अस्ट्रेलियामा क्रियाशिल नेपाली तथा नेपाली मूलका पत्रकारहरुको साझा संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसन (एञ्जा) को अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन् । फेबु्रअरी २१ र २२ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न एन्जाको तेश्रो अधिवेशनबाट तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । कुल ४३ मत मध्ये अध्यक्षका प्रत्यासी तिवारीले २५ मत सहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी नारायण खड्काले १८ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा २२ मत सहित माधव प्रसाद गैरे निर्वाचित भएका छन् भने उनका प्रतिष्प्रधी प्रकाश हुमागाईाले १९ र सिता कुमारी विश्वकर्माले २ मत प्राप्त गरेका थिए । अध्यक्ष उपाध्यक्ष र सदस्य पदमा निर्वाचन भएपनि केही पदाधिकारीहरु भने सर्वसम्मत चयन भएका थिए । महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल सचिवमा तक्दीर अधिकारी, पब्लिक आफिसरमा कोम खत्री तथा प्रवक्तामा मिलन दाहाल सर्वसम्मत निर्वाचित भएका छन।
सदस्य पदका लागि भएको निर्वाचनमा सरल गुरुङ सबैभन्दा धेरै ४० मत सहित निर्वाचित भएका छन् त्यस्तै विनायक अधिकारी (३४ मत), गोपाल छन्त्याल (३३ मत) र केदार रायमाझी (२७ मत) सहित निर्वाचित भएका छन् ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, एनआरएनए अध्यक्ष अनिल पोखरेल, एनआरएनए क्षेत्रीय संयोजक दिनेश पोखरेल, तराई समाज अष्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, नारी निकुञ्जकी राष्ट्रिय संयोजक सङ्गीता चापागाईं लगायतले नयाँ कार्यसमितिलाई बधाई दिदै प्रबाशमा पत्रकारिता गर्दा आचार सहीताको बिशेष ध्यान दिनुपर्नेमा जोड दिए । साथै अस्ट्रेलियाको नेपाली समुदाय म गरिने सामुदायिक पत्रकारिताको प्रशम्सा गरे ।
अधिवेशनकै अवसर पारेर एन्जाले प्रत्येक वर्ष वितरण गर्दै आएको १ हजार डलर अस्ट्रेलियन डलर राशिको ‘स्वर्गीय टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सरल गुरुङलाई प्रदान गरिएको छ । नेपाल ट्युबका सम्पादक गुरुङ प्रवासी नेपाली समुदायका गतिविधि र कथाहरू सम्प्रेषण गर्दै आएका छन् ।
नबनिर्बाचित एन्जा अध्यक्ष तिवारीले यो जित सबै पत्रकारको जित भएको बताउदै सबै पत्रकारसँग सहकार्य गरी अगाडि बढ्ने बताए । उनले भने - सक्रिय र क्रियाशिल टिम नेतृत्वमा आएको छ । अझै बढी क्रियाशिल बनाउँदै शसक्त भएर काम गर्नेछु । उनले निबर्तमान अध्यक्ष चिरन्जिबी देबकोटालाई सफल कार्यकालको लागि धन्यवाद दिदै अघिल्लो कार्यकालमा पुरा हुन नपाएका योजनाहरुलाई पनि निरन्तरता दिदै अगाडि बड्ने बताए ।
यस्तै एन्जाका संरक्षक एवम् संस्थापक हेमन्त काफ्लेले नयाँ निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली समुदाय र नेपालीहरुको पक्षमा सशक्त भएर कलम चलाउन आग्रह गरे ।
क्यानबेराबाट राजु अधिकारी, भिक्टोरियाबाट प्रकाश आचार्य र आईटीमा आशिष सापकोटा सम्मिलित निर्वाचन कमिटीले अनलाईन मतदान गराएको थियो । अधिवेशनपछि आयोजना गरिएको कार्यक्रममा निबर्तमान अध्यक्ष चिरञ्जीवी देवकोटाले नव निर्वाचित अध्यक्ष तिवारीलाई कार्यभार हस्तान्तरण गरेका थिए । तिवारीले संस्थाको तर्फबाट गएको कार्यकालमा संस्थालाई दिएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरेका थिए।
तिवारी अष्ट्रेलियाबाट सन २०१३ बाट प्रकशित हुँदै आएको नेपल न्युज अष्ट्रेलियाको सस्थापक सम्पादक हुन । हाल् यो मिडिया अनलाइन न्युज पोर्टलको रुपमा सन्चालनमा छ।