नया कलाकार र पुराना निर्देशकको मिश्रणमा अस्ट्रेलियाका समुदायका अगुवाहरुको लगानीमा बन्न लागेको नया कथानक चलचित्र पीआर
अर्थात परमानेन्ट रेसिडेन्टको सीडनीमा एक भब्य समारोह बिच शुभ मुहर्त सम्पन्न भएको छ ।
सलोन सलिना फील्मसको ब्यानरमा निर्देशक शोभित बस्नेतले अस्ट्रेलियामा रहेका युवा कलाकार समेटर यहाको स्थायीत्वको भाव समेटर पीआर चलचित्र निर्देशन गर्न लागेका हुन ।
पुराना चलचित्र निमार्ता तथा एनआरएनका क्षेत्रीय संयोजक दिनेश पोखरेलले नरिवल फुटाएर र थारु समाजका अगुवा दीप नारायण चौधरी क्ल्याप गर्दै
चलचित्रको शुभारम्भ गरिएको थियो । रन्जित शाहको प्रस्तुतीका रुपमा रहेको चलचित्रका निमार्ताहरुमा प्रदिप दाहाल,लक्ष्मण सापकोटा तथा कार्यकारी निमार्तामा गणेश केसी रहेका छन । अस्ट्रेलियाको नेपाली समाजका अगुवाका रुपमा रहेको रन्जित शाहले अस्ट्रेलियाको नेपाली समाजको एैनाको रुपमा चलचित्र पीआर रहने बिश्वास ब्यक्त गरे । एउटा विध्यार्थी भएर आउदैगर्दा उसले सथायीत्वको लागि गर्ने संघर्षको कथा हो पीआर । त्यसैले पनि हरेक बिदेशीने नेपालीको कथा व्यथा गासेर यो चलचित्र निमार्ण हुदैछ, शाहले शुभ मुहर्तमा चलचित्रको मुख्य विषयबस्तु बारे प्रकाश पारे ।
यस्तै चलचित्रका अन्य निमार्ताहरुमा इभेन्ट मेनेजमेन्ट व्यवशायमा जमेका लक्ष्मण सापकोटाले कथा बिषय बस्तुले छोएका कारण आफुहरु यस चलचित्रमा सहयोगी भएर अगाडी आएको बताए । एनआरएनका पुर्व अध्यक्ष तथा शैक्षिक ब्यवशायी गणेश केसीले यतै बसेर मिहिनेत गरेका कलाकार र अनुभवी निर्देशक अनि बलियो कथाबस्तुनै पीआर चलचित्रको आधार रहेको बताए ।
कार्यक्रममा निर्देशक शोभित बस्नेतले कलाकार नया भएपनि अस्ट्रेलियाका हावापानी र कथामा खारिएका अनुभवी युवा भएकोले चलचित्र अस्ट्रेलिया र अमेरिका र युरोपीयन देशहरुमा जाने लाखौ नेपालीको धडकन बन्ने कुरा बताए ।
फिल्ममा सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, महेश प्रसाइ, कृष्ण थापा र नवीन घायल तथा भिम बस्नेत लगायतको अभिनय रहने छ ।
फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ । निर्देशक बस्नेतले फिल्मको प्राय छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।