नेभिगेशन
एसिटी

अस्ट्रेलियाकी राजदूत यादवले बुझाइन् ओहोदाको प्रमाणपत्र

क्यानवेरा । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले अस्ट्रेलियाका गभर्नर जनरल शाम मोस्टेन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बझाएकी छन् । विशेष समारोहमा राजदूत यादवले फेब्रुुअरी ४ तारिक मंगलवारका दिन ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् ।
सोही अवसरमा उनले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश पनि यहाका राष्ट्रप्रमुख समक्ष हस्तान्तरण गरेकी थिइन् । प्रमाणपत्र बुझाउनुअघि राजदूतको सम्मानमा सैनिक टुकडीले सलामी दिएको थियो भने अस्ट्रेलियाका आदिवासीहरुले आफ्नै शैलीमा देशमा स्वागत कार्यक्रम गरेका थिए ।

समारोहमा राजदूत यादवका श्रीमान श्रीकृष्ण यादव पनि सहभागी थिए । मंगलवारै गभर्नर जनरलसमक्ष नेपालसहित पनामा र चिलीका राजदूतले पनि आ आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए । ओहोदाको प्रमाणपत्र बुझाएपछि कंगारु राईडमा राजदूतहरु गएको गभर्नर जनरलको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध स्थापनाको ६ दशकभन्दा लामो अवधिमा पूर्वमन्त्रीलाई नै राजदूतको रुपमा पठाइएको पहिलो पटक हो ।

राजदूत यादवले नै अष्ट्रेलिया सहित न्यूजिल्याण्ड समेत हेर्ने भएका कारण यसपछि न्यूजिल्याण्डमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम हुनेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्