नेभिगेशन
न्यू साउथ वेल्स

निम्फाको अध्यक्षमा लक्ष्मण गुरुङ चयन

सिड्नी । नेपाली आदिवासी जनजाति फोरम (निन्फा) अस्ट्रेलियाको अध्यक्षमा लक्ष्मण गुरुङ चयन भएका छन् । गत साता सिड्नीको क्यान्टरबरीमा भएको निम्फाको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । IMG_6082-1737843542.jpeg

नयाँ  कार्यसमितीको उपाध्यक्षहरुमा सिमा सुब्बा, सुरेश शेरचन, महासचिवमा आशिष शेर्पा, सचिवहरुमा धर्मेश राजवंशी,  कोषाध्यक्षमा चिरग प्रधान र सह–कोषाध्यक्षमा निल लगायत चयन भएका छन् ।
त्यस्तै सांस्कृतिक संयोजकमा तेज लामा र भिम शमशेर गुरुङ, खेल संयोजक पाण्डव राई, जनसम्पर्क अधिकृतहरुमा राम कुमार राई र रमेश तामाङ, कार्यक्रम संयोजक सनिता लामा र आईटी संयोजकमा आर्यान चौधरी चयन भएका छन् । 
समितिको  सदस्यहरुमा बिर बहादुर राई, रघु जुग्जाली, प्रजुन थापा, विवेक श्रेष्ठ, धुर्व राजवंशी, भुपेन्द्र राजवंशी, कृष्ण तामाङ, आशिष गुरुङ, राम कुमार सम्वाहाम्फे, विवेक सुनुवार, हिरा छन्त्याल, लिल बहादुर गुरुङ र सुजन तामाङ लगायत रहेका छन् । 
नवनिर्वाचित अध्यक्ष लक्ष्मण गुरुङले निम्फाले  प्रबाशमा  नेपाली कला परम्परा र संस्कृतीको प्रर्वदनसंगै शैक्षिक जनचेतनामूलक कार्यक्रमहरुमा  बिशेश ध्यान दिने बताए ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल पूर्व अध्यक्ष नन्द गुरुङले निम्फाको नयाँ  कार्यसमितीलाई शुभकामना  दिए ।  तेस्तै पूर्व एनएडिएफ अध्यक्ष एवम् रास्वपा समर्थक नेता  छिरिङ लामा निम्फाका पूर्व अध्यक्षहरु आरके तामाङ, गणेश तामाङ लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए। निम्फाको निर्वाचन समितिमा गणेश तामाङ, अरुण  तामाङ र चित्रा तुम्वाहाम्फे संलग्न थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
शिव र करण सिड्नीमा घन्कने

शिव र करण सिड्नीमा घन्कने

शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...
राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका...