नेभिगेशन
न्यू साउथ वेल्स

पासपोर्ट घुम्ती शिविरबाट अस्ट्रेलियामा  एकै वर्ष २४ सय २७ सेवाग्राही लाभान्वित  

सिड्नी । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया  र नेपाली दूतावासको सहकार्यमा आयोजित पासपोर्ट घुम्ती शिविरमा एकै वर्षमा २ हजार ४ सय २६ जनाले सेवा लिएका लिन सफल भएका छन् । 

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलका अनुसार पर्थमा फेब्रुुअरी २० देखि २६ सम्म गरिएको पासपोर्ट घुम्ती शिविरमा ५ सय ४१ जनाले पासपोर्ट नविकरण गरेका थिए । 
त्यस्तै, अप्रिल ५ देखि १० तारिखमा एडिलेडमा गरिएको शिविरबाट ६ सय ३ जना, अगष्टको १९ देखि २३ सम्म ब्रिसबेनमा गरिएको शिविरबाट ४ सय ५० जना, डिसेम्बर ५ देखि ८ तारिख डार्विनमा गरिएको शिविरबाट ३ सय ३३ जना र १४ देखि १८ जनवरी २०२५ मा तास्मानिया राज्यमा गरिएको शिविरबाट ५ सय जना लाभान्वित भएका  छन् । 

अस्ट्रेलिया जस्तो महादेशमा भौगोलिक दुरीका कारण पासपोर्ट नविकरण गर्न राजधानी  क्यानवेरा जान विभिन्न राज्यबाट निकै खर्चिलो पर्न जान्छ ।  यसैलाई मध्यनजर गर्दै एनआरएनए अष्ट्रेलियाले घुम्ती शिविरका कारण लाखौं डलर बचत भएको र क्यानेबरा आउने जाने दुःख समेत कम भएको बताउदै सर्वसाधारणको करिब २५ लाख डलरसम्म बचत  गराउन सफल भएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष पोखरेलले नेपाल न्य«ूज अष्ट्रेलियालाई बताए ।  NRNA-passport-mobile--1737613379.jpeg

 
 पोखरेलले पासपोर्ट घुम्ती शिविरमा खटिने कर्मचारी एवं स्वयमसेवकलाई धन्यवाद समेत दिएका छन् । 

सामाजिक सञ्जालमा अतिरिक्त रकम लिएको विषय उठान भए पनि पोखरेलले सेवाग्राहीबाट २५ देखि ७० डलरसम्म सहयोग संकलन गरेर यस्ता शिविरमा आइपर्ने खर्चहरूको व्यवस्थापन गरेको बताए । कार्यक्रमबाट बचत भएको रकम एनआरएनए अस्ट्रेलियाको खातामा जम्मा गरिएको जानकारी दिदैं पोखरेलले  घुम्ती शिविरबाट लागि संकलित रकम सामाजिक र परोपकारी कार्यमा खर्च गरिने प्रष्ट पारे । 
नेपाली दूतावासको सिमित श्रोत साधन तथा  जनशक्तिका कारण यस्ता घुुम्ति सेवाहरुमा जादा सेवाग्राहीबाट संकलित रकमबाट केही व्यवस्थापनका खर्चहरु गरिदै आएको बताए । 
एनआरएनए अष्ट्रेलिया नेपाली सम«ुदायका नेपालीहरुको सेवालाई चुुस्त एवं स्तरिय सेवाका लागि नेपाली दुुतावाससंग सहकार्य गरि सेवाग्राहीहरुको सेवामा हातेमालो गर्दै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
शिव र करण सिड्नीमा घन्कने

शिव र करण सिड्नीमा घन्कने

शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...
राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका...