सिड्नी । नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुए केसीले देशलाई सम्वृद्धिको मार्गमा लैजान नेपालका सबै शक्ति एकै ठाउँमा उभिएर साझा धारणा बनाउनुपर्ने बताएका छन् ।
नेप्लिज अष्ट्रेलियन डेमोक्र्याटिक फोरमले आज (जनवरी १९ तारिख आइतवार ) सिड्नीको पारामाटामा आयोजित अन्तरसम्बाद कार्यक्रममा बोल्दै नेता केसीले राजनीतिमा मनि र मसलको प्रभाव बढ्दै गएकोले आदर्श र सिदान्तको राजनीति ओझेलमा परेको र त्यसले पार्टी नीति बिधान र देश संबिधानको मर्म र भावना अनुसार अगाडी बढ्न नसकेको उल्लेख गरे ।
२०४६ को परिवर्तन पछि देशमा आर्थिक ,सामाजिक , शैक्षिक ,स्वास्थ्य ,सञ्चार ,पर्यटन लगायतका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताउदै पुर्वमन्त्री केसीले धेरैको संघर्ष ,योगदान र बलिदानबाट प्राप्त प्रजातन्त्रको विकल्प अरु तन्त्र हुन नसक्ने प्रस्ट पारे । प्रजातन्त्रको लागि २०३६ सालमा भएको बिद्यार्थी आन्दोलनको नेतृत्व आफुले गरेको र त्यसपछिका हरेक आन्दोलनमा अग्रपंङ्तिमा रहेर आन्दोलनको मोर्चा सम्हालेको बताउदै नेता केसीले देश र जनाताको लागि भएका ती आन्दोलनका लक्ष र उद्देस्य के कति पुरा भए त्यो हाम्रा सामु छर्लङ्ग छ । उनले एनआरएनए नागरिकता , पार्टी र जनसम्पर्क समितिका बारेमा आएका सुझावहरुलाई आफुले पार्टीको केन्द्रिय समितिको बैठकमा प्रस्टसंग राख्ने जानकारी दिए ।
एनएसडब्लु राज्यका लागि नेपाली बाणिज्यदुत संजीव शर्माले यहाँ जन्मे हर्केका पुस्तालाई नेपालसँग कसरी भावनात्मक रुपले जोड्न सरकारले एनआरएनए नागरिकतालाई सहज र सरल बनाउनुपर्ने बताए । उनले पासपोर्टको लागि बायोम्याट्रिक्स , ड्राइभिङ्ग लाईसेन्सको प्रमाणीत लगायतका सामान्य कामको लागि क्यानबेरा स्थित दुताबास धाउनुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्नुपर्ने र त्यसको लागि विद्यमान ,नीति एबम कार्यविधिमा संसोधन हुनुपर्ने खाचो औल्याए ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष बिनोद श्रेष्ठले अध्यादेश मार्फत् गैर आवासीय नेपालीका लागि ल्याइएको नागरिकता समन्धि बिधेयकका बारेमा संघले छलफल गरिराखेको बताउदै गैर आवासिय नेपालीहरुको हितमा केन्द्रित रहेर बिधेयक पास हुने बिस्वास व्यक्त गरे ।
एनआरएनए ओसियाना संयोजक दिनेश पोखरेलले मुलुकको समग्र बिकासमा प्रवासी नेपालीहरुको साथ र सहयोगलाई उपयोग गर्न पनि अध्यादेश मार्फत् ल्याइएको गैर आवासिय नागरिकता बिधेयकलाई अगाडि बधाउन नहुने प्रस्ट पारे ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एकाइसौ शताब्दीमा आईपुग्दा पनि हाम्रो सोचाई र काम गराइको पद्दतिमा खासै सुधार आउन नसकेको परिणामको रुपमा अध्यादेश मार्फत् गैर आवासिय नागरिकता बिधेयक आएको बताउदै आफु जन्मेको देशमा जान पनि भिसा लिनुपर्ने दुर्भाग्य नेपालीहरुले कहिलेसम्म व्यहोर्नु पर्ने हो भने प्रश्न गरे ।
उनले भने - नेपाल सरकार बिदेशी लगानी भित्र्याउने कुरा गर्छ अनि आफ्नै देशमा जन्मेका गैर आवासिय नेपालीहरुलाई अनेक कानुनको बहाना देखाएर निरुत्साहित पारिराखेको छ ।
एनएडिएफका अध्यक्ष ज्ञानेन्द्र रेग्मीको अध्यक्षता सम्पन्न सो कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पुर्वअध्यक्ष नन्द गुरुङ, एनएडिएफका पुर्वअध्यक्षहरु,दिनेशराज जोशी , सुरेन्द्र सिग्देल ,डिल्ली ढकाल ,विवेक थापा ,जनसम्पर्क समिति एनएसडब्लु राज्य संयोजक सितल गिरि लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रम आयोजक सस्थाका महासचिव हरि अधिकारीले संचालन गरेका थिए भने उपाध्यक्ष छबि सापकोटाले स्वागत मन्तब्य राखेका थिए ।