नेभिगेशन
समाचार

दलमा बिभक्त भएर हैन नेपाली भएर बस्नुस बिदेशमा : सांसद पाण्डे

बाग्मती प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा सांसद राजेन्द्र पाण्डेले नेपाली नागरिक भएर भिषा लिनुपर्ने बिषय हास्यासपद रहेको बताउदै सहमती बिना ल्याइएको यो अध्यादेश गलत ढंगवाट आएको बताएका छन । आफुपनि सहभागि भएर बनाइएको गैर आवासिय नेपाली सम्वन्धी कानुनमा राजनिती बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने स्पष्ट उल्लेख भएपनि गलत वाटोवाट आएको यो अध्यादेश पारीत हुने कुरामा पनि शंका रहेको सांसद पाण्डेले बताएका छन । प्रवासी नेपाली एकता मन्च अस्ट्रेलियाको आयोजनामा सीडनीमा शनिबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पाण्डेले सत्ता साझेदारी दल बिचपनि समझदारी बिना आएको यो अध्यादेश पारीत नहुने समेत बताए । अध्यादेश आफु सदस्य रहेको राज्य व्यबस्था समितीमा पनि प्रस्तुत हुने भएकोले आफुले त्यसको खुलेर विरोध गर्ने कुरा बताए ।
सांसद पाण्डेले आफु एउटा दलको प्रमुख नेता भएपनि बिदेशमा रहने साथीहरुलाई दलमा बिभक्त भएर नबस्न आग्रह गर्दै नेपाली भएर बस्न आग्रह गरे। बिचार बोक्नुस। सहयोग र सदभाव राख्नुहोस तर बिदेशमा बस्दा कम्तीमा दलीयरुपमा नभइ नेपाली भएर बस्नुस ,यो मेरा आफ्नै साथीहरुलाइ पनि बिशेष आग्रह हो । तपाइहरु सबै एकाकार भएर बस्नुभयो भने बल्ल गैर आवासिय नेपालीहरुको माग पुरा हुनुका साथै महत्वपनि बढने गर्दछ । सबै बिचार बोक्ने साथीहरुले आआफनो क्षेत्रवाट यो अध्यादेशको विरोध गर्नुहोस र मौजुदा कानुन बमोजिमको अधिकार सम्पन्न नागरिकताको पैरवी गर्नुहोस अनि मात्र एस्ले सार्थकता पाउनेछ, सांसद पाण्डेले तार्किक बिषय उठान गरे । बिदेशमा बसेर नेपालमा केहि भएन भन्ने बहस बन्द गर्नुहोस, सबै देशका आआफना बिशेषता छन । एकै पटक नेपाल अमेरिका र अस्ट्रेलिया बन्दैनन तर नेपालमा पनि धेरै प्रगती र उन्नती भएका छन । होला सोचे अनुरुप भएन होला तर सडक होस या शिक्षा वा स्वास्थ , सबै क्षेत्र निकै अगाडी बढेको छ । अहिले गाउँ गाउँमा सडक बनेका छन , मेडिकल कलेज मात्र २५ वटा भैसके, बिद्युतकै कुरा गर्ने हो भने दुइ सय पचास मेगावाटवाट ३६ सयको हाराहारीमा उत्पादन भैसक्यो । बंगलादेश र भारतमा जतिपनि बेच्न सकिने संभावना छ । आइटी क्षेत्रले संभावनाको ढोका खोलिदिएको छ । आइटीवाट मार्फत मुलुकले ठुलो रकम भित्राएको तथ्यांकले देखाएको छ , सांसद पाण्डेले बताए । 
होला राजनितीक अस्थीरताले केहि पछि धकेलिएको होला, भ्रष्ट अनि गैर जिम्मेवार कर्मचारी तन्त्रले गाँजेको पनि छ तरपनि श्रोत साधनको आधारमा केहि नभएको भने होइन। सांसद पाण्डेको कथन थियो । 
पाण्डेले रेमिट्यान्सले धानिएको मुलुकले प्रवासी नेपालीका बारेमा गंभिर भएर सोच्ने बेला आएको बताउदै मध्यपुर्व जस्ता देशहरुमा स्कील सीकाएर मात्र कामदार पठाउन सके यसले महत्वपुर्ण शन्देस दिने र गम्भीर दुर्घटनावाट बच्नसक्ने आफ्नो धारणा रहेको सुनाए । प्रवासी नेपाली एकता मन्च अस्ट्रेलियाका अध्यक्ष अच्युत थपलीयाको अध्यक्षतामा सम्पन्न कायक्रममा एनएसडब्लुका बाणिज्यदुत संजिव शर्माले  काउन्सीलरहरुलाई अधिकार सम्पन्न बनाउने हो भने अस्ट्रेलियाजस्तो ठुलो देशमा पासपोर्ट र अन्य सरकारी कार्य सहज अनि सुविधायुक्त हुने बताए । बाणिज्यदुत शर्माले भने, परराष्ट्रको नियमावलीले कतिपय सवालमा काम गर्न अप्ठ्यारो बनाएको छ ,हामीसँंग कामदार र सुविधासम्पन्न कार्यालय छन । अधिकार दिने हो भने हामी सबै कार्य गर्न सक्षम छौ । 
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता मन्चका अध्यक्ष ध्रुब सुबेदी , गैर आवासिय नेपाली संघका केन्द्रिय सचिब ज्ञानेन्द्र रेग्मी, एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, एनआरएनका सल्लाहकार दिनेश जोशी, एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल ,पुर्व अध्यक्षहरु सुरेन्द्र सिग्देल, नन्द गुरुङ, सामाजिक अभियन्ताहरु तिर्थ कार्की, शुवांस शाह, बाबुराम गौतम लगायतले मन्तब्य राख्दै गैर आवासिय नेपाली नागरिकता सम्वन्धी ल्याइएको अध्यादेशको खुलेर विरोध गरेका थिए । 
कार्यक्रममा एनआरएन आइसीसी सदस्य डिल्ली ढकाल, पुर्व आइसीसी सदस्यद्धय बालचन्द्र भट्टराइ, बुद्धी डल्लाकोटी,ग्रानभिल समाजका अध्यक्ष भिम बस्नेत , पुर्व अध्यक्ष रमेश थापा, समुदायका अगुवा भरत पन्तलगायतको उपस्थिती रहेको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्