नेभिगेशन
न्यू साउथ वेल्स

शिव र करण सिड्नीमा घन्कने

gggggggg-thapa-1737174592.jpg

सिड्नी l लोकप्रीय गायक शिव परियार र नेपाल आइडलका विजेता प्रतिभाशाली बलाकार करण परियारले सिड्नीमा आफ्नो प्रस्तुती दिने भएका छन । पाल्पा इन्टरटेन्टमेन्ट्सको आयोजनामा यही आउदो फेब्रुअरी १४ तारिखमा सीडनीको ग्रानभिलस्थीत रातोघरमा बिशेष प्रस्तुती दिने कुरा आयोजक सुवास थापाले बताएका छन ।

दर्जनौ हिट गीत पस्केका शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र झरना रिसालको प्रस्तुती पनि रहने छ । पीलायो साथीले , नभेटी नभेटी ,आशुको अर्थजस्ता कालजयी गित पस्केका शिव नेपाली गित संगितका अलग र फरक धारका स्वादिला गायकका रुपमा चिनिन्छन । यस्तै नेपाल आइडल मार्फत उदाएका करण परियारको बिशेष प्रस्तुती कार्यक्रमको अर्को महत्वपुर्ण पाटो रहेको छ । आइडलवाटै उदाएका बर्दियाका यी युवकको संघर्ष र गायनको रोचक र चाखलाग्दो बिशेषता रहेको छ । हामीले यस पटक दर्शक दिर्घाको सांगितिक स्वादलाई बिशेष ध्यान दिएर नेपाल आइडल विथ शिव परियार कार्यक्रम आयोजना गर्न लागेका हौ, आयोजक सुवासले सुनाए । कार्यक्रमलाई एटुजेड क्लीनिङ सप्लाईले मुख्य प्रायोजन गर्ने भएको छ भने एक्सप्रेश एयसकन्डेसनिङको बिशेष सहयोग रहेको छ । यस्तै एभरेष्ट ट्राभल, राइट अप्सन एजुकेशनलगायतका संस्थाहरुले समेत सहयोग गरेको आयोजक थापाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्