नेभिगेशन
न्यू साउथ वेल्स

एनआरएनए अष्ट्रेलिया संगठनात्मक बिस्तारमा क्रियाशील छ - अध्यक्ष पोखरेल 


सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले संगठनमा आबद्ध सदस्य संख्याको हिसावले ठुलो राष्ट्रिय समिति एनआरएनए अष्ट्रेलिया सस्थामा सबैको अपनत्व हुनेगरी सदस्य संख्यालाई अझ बढाउने अभियानमा लागेको बताएका छन् ।

एनआरएनए आईसीसीका प्रवक्ता फणिन्द्र पन्तलाई सिड्नीको मेरिल्याण्डमा रहेको एनआरएनए अष्ट्रेलियाको  कार्यालयमा स्वागत गर्दै अध्यक्ष पोखरेलले एनआरएनए एनआरएनएको गरिमालाई उच्च बनाउदै आईसीसीले लिएको नीति र कार्यक्रम लाई सफल बनाउन एनआरएनए अष्ट्रेलिया क्रियाशील रहेको जानकारी गराए ।सो अवसरमा  प्रवक्ता फणिन्द्र पन्तले सस्थाले संचालन गर्दै आएको विभिन्न कार्यक्रमको बारेमा जिज्ञासा राखेका थिए । 

भेटघाटमा  एनआरएन नागरिकता तथा अधिकार, हालै सरकारले जारी गरेको अध्यादेश, एनआरएनए अस्ट्रेलियाको आफ्नै भवन र कार्यालय निर्माणको प्रगति तथा उपयोगिता, राष्ट्रिय समन्वय परिषद्को कार्यालय स्थापनाका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट प्रदान गर्न सकिने सहयोग तथा सहकार्यका नीतिगत विषयमा छलफल भएको थियो । 


 कार्यक्रममा  एनआरएनए  आईसीसीका उपाध्यक्ष  विनोद श्रेष्ठ, सचिव  ज्ञानेन्द्र रेग्मी, क्षेत्रीय संयोजक दिनेश पोखरेल,नेपाल सरकारको न्यु साउथ वेल्स राज्यका  वाणिज्यदूत सञ्जीव शर्मा, आइसीसी सदस्यहरू डिल्ली ढकाल, रमेश अधिकारी, पूर्व आइसीसी सदस्य बुद्धि दर्लाकोटी ,ग्रेटर सिड्नी मल्टिकल्चरल नेपाली सोसाइटीका उपाध्यक्ष उमेश पन्तलगायतको  सहभागीता रहेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्यू साउथ वेल्स
शिव र करण सीडनीमा घन्कने

शिव र करण सीडनीमा घन्कने

शिव परियारको लोकप्रीय गित संगित र युवा गायक करणको बिशेष प्रस्तुतीले सीडनी एक पटक फेरी घन्कने भएको छ । साथमा नेपाल आइडलकी फस्ट रनर अप सलोमी गुरुङ र...
राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत चीत्रलेखा यादव क्यानबेरामा

राजदूत यादवले राजनीतिमा कूटनीति बुझेको मान्छेले परराष्ट्र निती पनि बुझ्ने भएकोले यसलाई सहजरुपमा अगाडी बढाउन सक्ने धारणा राखिन । मेरो पहीलो प्राथमिकता कुटनैतीक सेवा सहज र सरल बनाउनुका...
ब्यापारमा रमेका व्यबशायमा जमेका यूवा उद्यमी ज्ञानेन्द्र

ब्यापारमा रमेका व्यबशायमा जमेका यूवा उद्यमी ज्ञानेन्द्र

ग्राहकको सन्तुष्टी अनि सहजताका लागि एक अर्कामा परिपुरक रहेको बताउने ज्ञानेन्द्र ठुला लगानीहरुमा रिस्क र प्रोफीट दुबै हुने बताउदै कहिले कमाउदैमा मात्तीने र कहिले घाटा पर्दैमा आत्तीन नहुने...