सिड्नी । नेकपा एमालेको शुभेच्छुक सस्था प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाले हालै सिड्नीमा नयाँ वर्षा सन् २०२५ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्यो । सिड्नीको पारामाटामा सम्पन्न सो कार्यक्रममा बोल्दै एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले प्रवासमा आर्जन गरेको ज्ञान सीप र दक्षतालाई नेपालको समग्र बिकासमा उपयोग गर्न समबद्द पक्ष लाग्नुपर्नेमा जोड दिए ।
उनले गैर आवासिय नेपालीहरुले उठाउदै आएको दोहोरो नागरिकताको बिषयलाई बर्तमान सरकारले सकारात्मकरुपमा लिएको र यसको कार्यान्यनमा देखिएको समस्यालाई जति सक्दो छिटो समाधान हुने बिस्वास व्यक्त गरे ।
एनआरएनए अन्तर्राष्ट्रिय समवन्य समितिका उपाध्यक्ष विनोद श्रेष्ठले प्रवासमा रहेका नेपालीहरुले नेपालमा लगानीको सुरक्षित वातावरण बनाउन कसरि सकिन्छ भन्ने तर्फ एनआरएनए क्रियाशिल रहेको जानकारी दिए ।
कार्यक्रममा एनएसडव्लु राज्यका लागि नेपाल सरकारका बाणिज्यदुत सञ्जीव शर्माले नेपालको बिकास र सम्बृद्धिमा प्रवासमा रहेका नेपालीहरुले आ आफ्नो ठाउँबाट सक्दो साथ र सहयोग गर्न आग्रह गरे ।
ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशब जोशीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य ईन्द्रलाल सापकोटा,ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे, एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषद सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएनए ओशियाना संयोजक दिनेश पोखरेल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार भवानी ओली ,एनआरएनए अन्तर्राष्ट्रिय समवन्य परिषदका प्रवक्ता फणिन्द्र पन्तलगायतका वक्ताहरुले बिगतमा देशलाई दुख्दा र पोल्दा मल्हम पट्टिको काम गरेर नेपाली जनताबाट स्याबासी पाएको प्रवासी नेपालीहरुले मातृभूमिको सम्वृद्धिको लागि प्रवासमा रहेका सबै नेपालीहरु फेरी जुरुक्क उठ्ने बेला आएको बताए ।
ग्राहकको सन्तुष्टी अनि सहजताका लागि एक अर्कामा परिपुरक रहेको बताउने ज्ञानेन्द्र ठुला लगानीहरुमा रिस्क र प्रोफीट दुबै हुने बताउदै कहिले कमाउदैमा मात्तीने र कहिले घाटा पर्दैमा आत्तीन नहुने...मंगलबार, पुस २३, २०८१