विद्वान् कालीदास एउटी महिलाकाे आँगनमा पुग्छन् ।
कालीदास :- ए हजुर, मलाई धेरै प्यास लागेको छ, पिउने पानी दिनुहाेस् न ।
महिला :- म तिमीलाई चिन्दिन, पहिला आफ्नो परिचय देऊ। म अवश्य पानी दिन्छु ।
कालीदास :- म यात्री हुँ ।
महिला :- तिमी यात्री कसरी हुनसक्छौ? यात्री त केवल दुई मात्र छन् - सूर्य र चन्द्रमा, जाे कहिल्यै राेकिन्नन्, हमेशा चलिरहन्छन्। साँचाे बताऊ, तिमी काे हाै?
कालीदास :- म पाहुना हुँ ।
महिला :- तिमी पाहुना कसरी हुन्छौ? संसारमा दुई जना मात्र पाहुना छन्। पहिलाे धन र दाेस्राे यौवन। यिनीहरूलाई जान समय लाग्दैन। भन काे हाै तिमी?
कालीदास :- म सहनशीलता हुँ । अब त पानी दिनुहाेस् ।
महिला :- नाईँ, सहनशीलता त दुई मात्र छन् । पहिलाे, धर्ती जो पापी - धर्मात्मा सबैकाे बोझ सहन्छिन्, जसको छाती चिरेर बीज राखिदिँदा अन्नकाे भण्डार दिन्छिन्। अनि, दाेस्राे हाे रूख जसलाई पत्थरले हिर्काए पनि मिठो फल दिन्छ। साँच्चै भन त काे हाै तिमी ?
कालीदास :- म हठी हुँ ।
महिला :- फेरि असत्य। हठी त दुई मात्र छन् ।
पहिलाे नङ र दाेस्राे केश ।
जति काटे पनि फेरि फेरि निक्लिरहन्छन्। सत्य बाेल, काे हौ तिमी ?
(कालीदास आफूलाई अपमानित र पराजित महशुस गर्दछन्)
कालीदास :- त्यसाे भए म मूर्ख हुँ ।
महिला :- हाेइन, तिमी मूर्ख कसरी हुनसक्छौ? मूर्ख त दुई मात्र छन्। पहिलाे शासक जो विनायोग्यता पनि सबैलाई शासन गर्न सक्छन् दाेस्राे उसका सल्लाहकार जो शासकलाई प्रसन्न बनाउन उसका गलत क्रियाकलापलाई पनि तर्क दिएर सही सिद्ध बनाउने चेष्टा गर्छन् ।
(उत्तर दिँदा दिँदा हैरान बनेका कालीदास केही बोल्नै नसक्ने भए। आफ्नाे फरक फरक परिचय दिएका कारण उनी महिलाकाे गाेडा समाउँदै याचना गर्छन् । )
कालीदास: म कालीदास हुँ ।
महिला :- उठ कालीदास। खासमा म सरस्वती माता हुँ ।
(आवाज सुनेर माथि हेर्दा त साक्षात् माता सरस्वती त्यहाँ हुनुहुन्थ्यो ।)
माता सरस्वती :- शिक्षाबाट ज्ञान आर्जन हुन्छ न कि अहंकार। तिमीले शिक्षाकाे बलमा प्राप्त गरेको मान र प्रतिष्ठालाई आफ्नो उपलब्धि मान्याै र अहंकारकाे सिँहासनमा बस्यौ। यसैले तिम्रो चक्षु खोल्नकाे लागि मैले याे नाटक गर्नुपर्यो ।
कालीदासलाई आफ्नो गल्ती महशुस हुन्छ र अन्ततः पानी पिएर प्यास मेटाउँछन्। त्यसैले विद्वत्ता उपर कहिल्यै घमण्ड नगरौँ, घमण्डले विद्वत्तालाई नष्ट गरिदिन्छ ।