नेभिगेशन
नेपाल समाचार

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न कास्की अदालतको आदेश

 

पोखरा । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम हिनामिनामा संलग्न रहेको आरोपमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ८४ दिनपछि हिरासतमुक्त भएका छन् 

बिहीबार जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी बुझाएर थुनामुक्त भएका हुन्।
कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका छन्।
कास्की प्रहरी स्रोतले धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं लगिने बताएका छन‍्। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछानेमाथि मुद्दा छ।

सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ स्रोत नखुलेको भन्दै बिगो मागदाबी गरेको थियो।सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार राष्ट्र सेवकविरूद्ध मुद्दा दर्ता भए निलम्बनमा पर्ने व्यवस्था छ।

यसै बिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा समर्थकहरूले पोखरामा खुसीयाली मनाएका छन्।
उनीहरूले रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नाराबाजीसहित खुसीयाली गरेका हुन्।
जिल्ला अदालत कास्कीले बिहीबार रास्वपा सभापति लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।
उनी काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्