जीवनमा हजारौं सपना बुनिन्छन् तर ती सबै पुरा पुरा हुन्छन भन्ने छैन तर मिहिनेत र परिश्रमलाई निरन्तरता दिने हो भने असफल भने हुइदैन । यसैको उदारहण बनेका छन् युवा उद्यमी ज्ञानेन्द्र कार्की । जीवनमा सघर्षसगै पैठेंजोरी खेल्दै सफलताको वाटो बुनेका ज्ञानेन्द्र अस्ट्रेलियाको सिड्नीमा रियल स्टेट र निर्माण व्यवसायमा एउटा छुट्टै साख बनाइसकेको नाम हो । सुरूमा रियलस्टेट व्यवसाय सुरू गरेका ज्ञानेन्द्र यतिबेला रियलस्टेट व्यवसायबाट नेपाली समुदायमा मात्र नभई अस्टेलियामा अन्य समदायमा समेत आफ्नो छुटटै पहिचान बनाउन सफल भएका उनि यतिबेला फाइनान्सको नया आयाम कोर्ने तरखरमा छन । नेपाली समुदायमा ज्ञानेन्द्रका नामले चिनिदै आएका उनलाई सबैले चिन्ने नाम हो ‘ग्यारी’ ।
ज्ञानेन्द्रको व्यबशायीक यात्रामा पनि धेरै उतारचढाबहरु नआएका होइनन, तर उनि यी सबैलाई पार गरेर नया आयाम र सोचका साथ अगाडि बढीरहेका छन ।
ग्राहकको सन्तुष्टी अनि सहजताका लागि एक अर्कामा परिपुरक रहेको बताउने ज्ञानेन्द्र ठुला लगानीहरुमा रिस्क र प्रोफीट दुबै हुने बताउदै कहिले कमाउदैमा मात्तीने र कहिले घाटा पर्दैमा आत्तीन नहुने कुरा सुनाउछन । उनको व्यबशायीक यात्रामा पनि यस्तै कयैन दृष्टान्तहरु नभएका होइनन तर सबैलाई सफल रुपमा पार लगाउदै उनी अहिले एक कदम अगाडी बढन सफल भएका छन ।
कर्मभूमिमा आफ्नो ज्ञान, सीप र अनुभवलाई लगनशीलता र मिहिनेतबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण अस्ट्रेलियामा पस्केका छन् कार्कीले । सतचालिस वर्षअघि विराटनगरको रंगेलीमा जन्मिएका कार्कीको वाल्यकाल कहिले गाऊ त कहिले शहरमा वित्यो । बुवा कृष्ण कार्की र आमा राधादेवी कार्कीका पाँच सन्तानमध्ये चार दाजुभाई अनि एक दिदीमध्ये कान्छो छोरा कार्कीका बुवा सरकारी जागिरे थिए अर्थात प्रहरी सेवामा इस्पेक्टर । बुवा कृष्ण बहादुर समाजसेवी थिए । शिक्षित अनि सम्भ्रान्त परिवारमा जन्मे हुर्केका कार्कीले अध्ययनको लागि निकै राम्रो वातावरण पाए । गाउमा केही समस्या पर्यो कि गाउलेहरु कृष्ण बहादरलाई सम्झन्थ्ये । बुवाको प्रेरणाले ज्ञानेन्द्रमा पनि विस्तारै समाजेवातिरको मोह पलाउदै गयो । कार्कीले रंगेली माविबाट प्रवेशिका पास गरे । पढाईमा उनी अब्बल नै थिए । तर उनको रुचि अध्ययनको अलवा अतिरिक्त क्रियाकलापमा बढी थियो । वाल्यकालमा उनको चाहना डाक्टर, इन्जिनियर बन्ने पटक्कै थिएन् । घरपरिवारमा भने छोरा डाक्टर, इन्जिनियर बनिदिए हुन्थ्यो भन्ने चाहना हुन्थ्यो । कार्कीले महेन्द्र मोरड कलेजबाट कमर्स विषयमा प्रविणता प्रमाणपत्र तह अनि स्नातक सके । अध्ययन गर्दागर्दै उनले रेष्टुरेन्ट व्यवसायमा हात हाले । पछि फर्निचर व्यवसायतिर । सानैदेखि व्यापार व्यवसायमा औधि रुचि राख्थे कार्की । अध्ययनको विषय अनि व्यापार व्यवसायतिरको अनभवले कार्कीलाई अझ बढी केही गर्ने हुटहुटीले सतायो । अनि मीनभवनबाट मास्टर्स गर्दागर्दै मेडिकल बिजनेस शुरु गरे । आइसीयु भेन्टीलेटर उपकरणको सप्लायर्सको रुममा कार्कीले झण्डै १५ वर्ष काम गरे । नेपालमा कार्कीको मेडिकल विजनेसले निकै राम्रो व्यापार गर्यो । अब उनी आफ्नो व्यापार नेपालमा मात्र नभएर विदेशमा पनि विस्तार गर्ने सोच बनाए । त्यसै अनुरुप कार्कीको पहिलो रोजाई बन्यो अस्ट्रेलिया । अस्ट्रेलियाको यात्रा मेडिकल विजनेसको व्यापार प्रबर्धन गर्ने सिलसिलामा सन् २००९ मा कार्की अस्ट्रेलिया आए । उनले सिड्नीमा बोस्टर्न मेडिकल इन्भेष्टमेन्ट कम्पनी खोले । कम्पनी मार्फत उनले एक्सरे मेसिनदेखि सीटी स्क्यान तथा आइसीयूका भेन्टिलेटरको सप्लाई गर्दै आए । अनुभवले खारिएका कार्की फुर्सत भयो कि कम्यूटरमा रिसर्च गरिरहन्थे । अमेरिकामा रहेका आफ्नै दाई दिपेन्द्रले अस्टेलियामा रियल स्टेटतिर हात हाल्न सुझाए । रियल स्टेटसम्बन्धि अध्ययन सकेपछि सन् २०१४ मा एउटा रियल स्टेटमा काम गर्न पुगे । काममा निकै लगनसीलता तथा मिहिन अध्ययन गर्न रुचाउने कार्कीले करिब सात वर्ष काम गरे । सो अवधिमा कार्कीले धेरै अनुभव बटुले । सफल पनि भए , घाटा पनि बेहोरे अनि चर्चा पनि पाए , कुरा काटने पनि संगाले । तर उनले हरेस भने कहिले खाएनन र अगाडि बढिरहे , व्यबशायीक दक्षताले उनलाई अगाडी बढन थप उर्जा दियो । तर अहिले उनि केहि फरक र अलग गर्ने चाहनाका साथ नया योजना बुन्न लागि परेका छन । फाइनान्सको फरक अभ्यास उनका लागि नया चुनौती र योजना बन्ने भएको छ । हरेक व्यबशायमा चुनौती हुन्छ , सपना देख्न छाड्न हुन्न , पक्कापनि एक दिन सफल भइन्छ , ज्ञानेन्द्र भन्छन ।
समाजसेवा र जीवनलाई उनी सहज रुपमा लिन चाहन्छन् । दिनपछि रात भनेझैं दुखपछि सुखको अनुभुति हुने जीवनको भागाईबाट सिकेका छन् । समस्या र चुनौतिसंग जुद्दै आफ्नो लक्ष्यमा पुग्न सक्नु सार्थक जीवन हो । जस्तो सुकै कठिन परिस्थिति आइपरेता पनि सामना गर्न तयार हुनुपर्ने बताउछन् । अवसरलाई पछ्याउन सक्नु सफल जीवन हो । जीव र जीबन्तलाई छुट्याएर हेर्न सक्नुपर्छ । सफल जीवनका लागि परिश्रम, मिहिनेत, लगनशिलता र धैर्य चाहिन्छ । कार्कीको चार पुस्तादेखि बैष्णम धर्ममा लगाब छ । वैष्णम पारिवारमा जन्मेर हुर्केर होला उनी सकारात्मक सोचप्रति निकै धनि छन् । उनी भन्छन् –आफ्नो जरोलाई बिर्सन हुदैन् । आफ्नो कुल धर्म, संस्कार, रितिरिवाज हाम्रा सम्पत्ती हुन् । नया“ पुस्तालाई समेत आफ्नो संस्कार सिकाउनुपर्ने कार्की बताउछन् । मेडिकल विजनेसको सिलसिलामा उनले जीवन र मृत्युलाई नजिकबाट नियालेका छन् । भन्छन समाजसेवाले मानिसलाई आत्मसन्तुष्टी दिन्छ । समाजसेवा उनको रुचि पनि हो । त्यसैले उनले सारथी फाउण्डेसन मार्फत समाजसेवाको नया आयामपनि सुरु गरे । ‘हामीले स्टार्ट अप क्यापिटल अर्थात प्रारम्भीक व्यवसायीक पूजी लगानीको सुरूवात गर्ने र नेपाली युवालाई यसमा समाहित गर्ने एउटा ठूलो प्रयास सुरुआत गरेका छौ । सन् २००८ मा काठमाडौं निवासी शक्तिदा बानियासंग वैवाहिक सम्बन्ध गासेका कार्की परिवारप्रति निकै खुसी छन् । यो उनीहरुको मागि विवाह थियो । सेन्ट जेभियर्सबाट व्याचलर्स इन विजनेस स्टडीज सकेकी बानिया उच्च शिक्षाका लागि सन् २००८ तिर मास्टर्स इन विजनेस स्टडीज अध्ययनका लागि अस्टेलिया आइपुगिन । बाडियामा स्थायी बसोवास गर्ने कार्की परिवारमा एक छोरा श्रीयन्स छन् । आफ्नो सफलताको श्रेय जीवनसंगीनी शक्तिदालाई दिन्छन् कार्की । घरपरिवार समाल्दै आफ्नो व्यवसायलाई समेत साथ दिएकी छिन् बानियाले । कम्पनीको फाइनान्स प्रमुख भएर काम गर्दै आएकी छिन् । कार्कीले आफ्नो व्यवसायलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । भन्छन् –मेरा टीमका सहकर्मी साथीहरु आफन्तजन तथा सुभेच्छुकहरुको आर्शिवादकै कारण आज यो ठाउंमा छु ।