सिड्नी । माघी पर्वको अवसरमा थारु सोसाइटी सिडनी अष्ट्रेलियाले यहि जनवरी १४ तारिख मंगलवार (थारु सम्बत २६४८ , माघ १/माघे सक्रान्ति) का दिन बिशेस कार्यक्रमका साथ माघी पर्व मनाउदै छ । सिड्नीको रक्डेल स्थित ईन्द्रेणी फंसन सेन्टरमा साँझ ५ बजे सुरु हुने सो कार्यक्रममा नेपालकै चर्चित गायीका अनु चौधरीले आफ्नो सांगेतिक प्रस्तुति दिनेछिन् ।
नेपाल न्युज संग कार्यक्रमका बारेमा कुरागर्दै आयोजक सस्थाका पब्लिक अफिसर अरुणआर्यन चौधरीले कार्यक्रममा सुमधुर स्वरकी धनी अनु चौधरीको प्रस्तुतीसंगै थारु रितिरिबज झल्कने लाठी नाच, झुमरा नाच, आदी नृत्यमा रमाउदै र झुम्दै थारू खानाका परिकारहरुको स्वाद लिन सकिने बताउदै कार्यक्रममा उपस्थितिको लागि थारु सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध समेत गरेका छन् ।
सन् २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना एबम चाड पर्बहरु मनाउदै आइरहेको थारु सोसाइटी सिडनी अष्ट्रेलियाले बिगतका चार वटा माघी पर्बको निरन्तरता सहित यस बर्षको माघी पर्ब पनि बिबिध कार्यक्रम सहित अष्ट्रेलियाको सिडनीमा मनाउन लागेको हो ।
कार्यक्रमका बारेमा थप जानकारी चाहिएमा अरुणआर्यण चौधरीलाई ०४०१४३५९५९ वा संस्थाका अध्यक्ष दीपनारायण चौधरीलाई ०४११६८८७९८ मा सम्पर्क गर्न सकिने छ ।
ग्राहकको सन्तुष्टी अनि सहजताका लागि एक अर्कामा परिपुरक रहेको बताउने ज्ञानेन्द्र ठुला लगानीहरुमा रिस्क र प्रोफीट दुबै हुने बताउदै कहिले कमाउदैमा मात्तीने र कहिले घाटा पर्दैमा आत्तीन नहुने...मंगलबार, पुस २३, २०८१